वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

श्रमिकले १० प्रतिशत सेवा शुल्क पाउने व्यवस्था कानुनमा नै स्पष्ट उल्लेख गर्न सांसद अधिकारीको माग

श्रमिकले १० प्रतिशत सेवा शुल्क पाउने व्यवस्था कानुनमा नै स्पष्ट उल्लेख गर्न सांसद अधिकारीको माग
अर्थटुडे
२०८३ भाद्र ३, बुधबार

काठमाडौ । होटल तथा पर्यटन क्षेत्रमा कार्यरत श्रमिकले पाउँदैआएको १० प्रतिशत सेवा शुल्कलाई निरन्तरता दिन सांसद लिमा अधिकारीले माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभामा बोल्दै अधिकारीले सो क्षेत्रमा काम गर्ने श्रमिकको सेवा शुल्कसम्बन्धी कानुनमा अन्यौल भएका कारण उनीहरुको पारिश्रमिक र सामाजिक सुरक्षामा समेत असर परेको बताइन् ।

त्यस्तै होटल तथा पर्यटन क्षेत्रका श्रमिकको हकका लागि १० प्रतिशत सेवा शुल्क उठाउन र वितरण गर्न स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै श्रम ऐन संशोधन गर्न पनि सरकारसँग माग गरेकी छिन् ।

कानुनी विवादका कारण होटल तथा पर्यटन क्षेत्रमा कार्यरत श्रमिकले सेवा शुल्क पाएका छैनन् । तर पहिले भने सेवा शुल्क पाउदै आइरहेका थिए । सेवा शुल्क नपाउदा श्रमिकको परिवारलाई समेत असर परेको उनको भनाई छ ।

‘श्रमिकको अधिकार भनेको पारिश्रमिकमा मात्र सीमित हुँदैन । उनीहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्नु पनि राज्यको दायित्व हो,’ अधिकारीले भनिन्, ‘त्यसैले श्रम ऐन तत्काल संशोधन गरेर १० प्रतिशत सेवा शुल्क उठाउने र वितरण गर्ने स्पष्ट कानुनी व्यवस्था गरिनुपर्छ ।’

सांसद अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट समानुपातिक सांसद हुन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?