वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भोटेकोसी बाढीको वितण्डाः भन्सार अधिकृत नकुल शर्माको शव गोरखामा

भोटेकोसी बाढीको वितण्डाः भन्सार अधिकृत नकुल शर्माको शव गोरखामा
अर्थटुडे
२०८३ भाद्र १६, मंगलवार

काठमाडौ । भोटेकोशी बाढीपछि सम्पर्क विहिन भएका रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृतको शव गोरखामा फेला परेको छ । अधिकृत नकुल शर्मा भदौ १० गते भोटेकोशीमा बाढी आएसँग बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार शर्माको शव त्रिशूली नदीको किनार (गोरखातर्फ) भेटिएको हो ।

भन्सार अधिकृत शर्मा हुम्ला ताजाकोट गाउँपालिका–२ का स्थानीय हुन्। पोष्टमार्टमपछि परिवारले उनको शव बुझेका छन्। प्रहरीका अनुसार गोरखातर्फ पर्ने त्रिशुली नदीको तटीय क्षेत्रमा हालसम्म ६५ जनाको शव भेटिसकेको छ । उनका भदा सालोले भदौ १२ गते फेसबुकमा स्टाटस लेख्दै उनको खोजी गर्न सरकारसँग आग्रह गरेका थिए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?