काठमाडौ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको भोटेकोशीमा भदौ १० मा आएको विनाशकारी बाढीका कारण आयोजनाको सुरुङभित्र थुनिएकाहरुको नेपाल आर्मी र प्राविधिकहरु उद्धार थालेका थिए ।
उद्धारका क्रममा शुक्रबार बिहान दुई जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये एक सप्तरीका सञ्जय साह हुन् भने अर्का ललितपुरका कबिर महर्जन हुन् ।
साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारीमा हुन् । उनी मेकानिकल इन्जिनियर हुन् ।
त्यस्तै कबिर महर्जन मेकानिकल सुपरभाइजर रहेको जनाइएको छ । कबिर भने काठमाडौंका हुन् । उनको ललितपुर बालकुमारी ३ स्थायी ठेगाना हो ।

। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका २ जनाको जिवितै उद्धार, को हुन् ति ?
प्रतिक्रिया