वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भोटेकोशी बाढीको व्यापारमा ठूलो धक्का: ४–५ सय कन्टेनर बगे, क्षति १० अर्बभन्दा बढी

भोटेकोशी बाढीको व्यापारमा ठूलो धक्का: ४–५ सय कन्टेनर बगे, क्षति १० अर्बभन्दा बढी
अर्थटुडे
२०८३ भाद्र २१, आईतवार

काठमाडाै । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले नेपाल–चीन व्यापारको प्रमुख नाका रसुवागढीमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले रसुवागढी भन्सार क्षेत्र, सडक तथा सयौँ मालवाहक कन्टेनर बगाएपछि नेपाल–चीनको मुख्य स्थल व्यापारिक मार्ग ठप्प भएको छ।

व्यवसायीका अनुसार बाढीमा करिब ४ सयदेखि ५ सय कन्टेनर तथा ट्रक क्षतिग्रस्त वा बेपत्ता भएका छन्। दसैं–तिहार लक्षित लत्ताकपडा, जुत्ताचप्पल, कस्मेटिक्स, इलेक्ट्रोनिक्सलगायत सामानसहितको क्षति १० अर्ब रुपैयाँभन्दा बढी पुगेको प्रारम्भिक अनुमान छ। सयौँ व्यवसायी प्रत्यक्ष प्रभावित भएका छन्।

बाढीका कारण तातोपानी नाका पनि बन्द रहेकाले चीनबाट हुने आयातको आपूर्ति प्रणाली थप संकटमा परेको छ। केही सामानलाई मुस्ताङको कोरला नाकातर्फ ‘रि–रुट’ गर्न थालिए पनि ढुवानी लागत र समय बढ्ने व्यवसायीहरूको भनाइ छ।

यसबाट दसैं–तिहारमा बजारमा सामानको अभाव बढ्नुका साथै मूल्यसमेत उल्लेख्य वृद्धि हुने जोखिम देखिएको छ। बाढीमा नष्ट भएका सामानको बिमा दाबी र बैंक ऋणको दायित्वले प्रभावित व्यवसायीलाई थप आर्थिक दबाबमा पारेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?