काठमाडौ । मुल्यबृद्धि उकालो लागेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउन महिनाको मुल्यबद्धि ५.९ प्रतिशत रहेको छ । गत आर्थिक बर्षको साउनमा जम्मा १.६ प्रतिशत मात्र रहेको थियो । चालु आर्थिक बर्षको पहिलो महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७७ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५२ प्रतिशत रहेको केन्द्रिय बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.२८ प्रतिशतले ऋणात्मक रहेको थियो भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको थियो । घ्यू तथा तेल उप–समूहको १५.६२ प्रतिशत, फलफूलको १५.३९ प्रतिशत, माछा तथा मासुको ८.६५ प्रतिशत, तरकारीको ६.९० प्रतिशत र मरमसलाको ४.८० प्रतिशतले बढेको छ ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत १३.१७ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.२० प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ५.५२ र सुर्तीजन्य पदार्थको ४.९७ प्रतिशतलेबढेको छ । त्यस्तै केन्द्रिय बैंकको तथ्यांक अनुसार ग्रामीण क्षेत्रको मुल्यबृद्धि ६.१८ प्रतिशत र सहरी क्षेत्रको मुल्यबृद्धि ५.८८ प्रतिशतले बढेको छ । त्यस्तै सवैभन्दा बढी मधेश प्रदेशको ६.९४ प्रतिशत र सवैभन्दा कम सुदूरपश्चिम प्रदेशको ४.६१ प्रतिशत मुल्यबृद्धि रहेको छ ।
प्रतिक्रिया