वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भने, सुशासनको विषयमा सरकार निर्मम भएको छ

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भने, सुशासनको विषयमा सरकार निर्मम भएको छ
अर्थटुडे
२०८३ आश्विन १६, शुक्रबार

काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार सुशासनको विषयमा निर्मम ढंगले उभिएको दावी गरेका छन् । शुक्रबार पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित लगानी र विकासका लागी कानुन सुधार सम्बन्धी कार्याशाला गोष्ठीलाई सम्बोधन गर्ने अर्थमन्त्री डा.वाग्लेले सरकार गठन भएको छ महिना पूरा भएको सन्दर्भ स्मरण गर्दै भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिअनुसार सुशासनका विषयमा सरकार निर्मम ढंगले उभिएको बताएका हुन् ।

उनले सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नारा लिएको थियो र त्यसमा रौं सरह पनि विश्वसनीय ढंगले आरोप लगाउन नसक्ने बताए। “हामीले भ्रष्टाचारमा शून्य सहनशीलताको जुन नारा लिएका थियौं, त्यसमा एउटा रौं पनि विश्वसनीय ढंगले आरोप लगाउन नसक्ने अभ्यास भइरहेको छ,– उनले भने, ‘सुशासनमा हामी निर्मम ढंगले उभिएका छौं । यद्यपि, धेरै काम गर्न बाँकी छ।”

वाग्लेले सुशासनका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै राज्यका अन्य निकायमा समेत सुशासनलाई थप मजबुत बनाउन आवश्यक रहेको बताए ।

त्यस्तै उनले मन्त्रालयलाई पुनर्संरचना गर्ने सोचका साथ काम भइरहेको जानकारी दिदै पछिल्लो समय निजी क्षेत्रमाथि भएको धरपकडका विषयमा पनि सरकार निकै गम्भिर रहेको बताए ।

उनले भने, ‘निजी क्षेत्रलाई प्रोत्साहन र सहुलियत मात्रै दिने नभई त्रासबाट पनि बाहिर निकाल्ने प्रयास हाम्रो हुनेछ ।’

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?