वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई बाटो खुल्यो, ६ कम्पनीले पाए आशयपत्र

सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई बाटो खुल्यो, ६ कम्पनीले पाए आशयपत्र
अर्थटुडे
२०८३ कार्तिक १२, बुधबार

काठमाडौं । सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारमा सहभागी गराउने प्रक्रिया अघि बढाएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मंगलबार पाँच वटा कम्पनीलाई आशयपत्र (एलओआई) प्रदान गरेको छ ।

मन्त्रालयमा विद्युत् व्यापारका लागि ग्रिन इनर्जी पावर ट्रेडिङ, ट्रान्स एशियन पावर ट्रेडिङ, नेपाल पावर ट्रेडिङ एन्ड म्यानेजमेन्ट, भाटभटेनी पावर ट्रेडिङ, हिमालयन पावर ट्रेडिङ, नेसनल पावर ट्रेडिङ, इनर्जी एक्सचेन्ज नेपाल, क्वान्टम पावर ट्रेडिङ, विद्युत् व्यापार कम्पनी, निफ्रा ट्रेडिङ एन्ड इनर्जी एक्सचेन्ज,   इन्टरनेसनल पावर ट्रेडिङलगायतका एक दर्जन कम्पनीले आवेदन दिएका थिए ।  जसमध्ये आशयपत्र प्राप्त गर्नेमा नेपाल पावर एक्सचेन्ज (नेपेक्स) सहित ग्रिन इनर्जी पावर , ट्रान्स एसियन पावर ट्रेडिङ, हिमालयन पावर ट्रेडिङलगायत छन् ।

आवेदन दिएका याेग्य कम्पनीलाई क्रमशः आशयपत्र प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

आशयपत्र प्राप्त गरेसँगै विद्युत् उत्पादनमा सक्रिय निजी क्षेत्रका कम्पनीले अब स्वदेशी तथा विदेशी बजारमा विद्युत् व्यापारको सम्भाव्यता अध्ययन र व्यावसायिक तयारी गर्न पाउनेछन् । यसले विद्युत् उत्पादनमा केन्द्रित निजी क्षेत्रलाई व्यापार तथा बजार विस्तारमा समेत सहभागी गराउने बाटो खोलेको छ ।

मन्त्रालयका अनुसार आशयपत्र प्राप्त गर्ने कम्पनीले स्वदेशी तथा विदेशी विद्युत् बजारको अध्ययन, सम्भावित खरिदकर्ता र व्यापारिक साझेदारको पहिचान, प्राविधिक तथा वित्तीय सम्भाव्यता विश्लेषणलगायतका काम गर्न सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?