वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहित ९७ जनालाई भ्रष्टाचार मुद्धा, ७३ करोड माग दावी

पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहित ९७ जनालाई भ्रष्टाचार मुद्धा, ७३ करोड माग दावी
अर्थटुडे
२०८३ कार्तिक १८, मंगलवार

काठमाडौ । पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पुर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजाल सहित ९७ जनालाई लाई ७३ करोड ४९ लाख रुपैयाँ विगो दावी सहित भ्रष्टाचारको मुद्धा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनीहरुविरुद्ध विषेष अदालतमा मुद्धा दायर गरेको हो । मोरङ जिल्लामा रहेको रिजाल एन्ड कम्पनीको नाममा ६० रोपनी जग्गा छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा पेस गरेको जनाएको छ ।

अख्तियारले तत्कालीन प्रधानमन्त्री नेपाल सहित तत्कालीन संसदीय व्यवस्था मन्त्री मिनेन्द्र रिजाल, तत्कालीन भूमि सुधार मन्त्री डम्मर श्रेष्ठ र तत्कालीन मुख्यसचिव स्व माधव घिमिरे पनि मुख्य प्रतिवादी बनाएको छ । भ्रष्टाचारको मुद्धामा घिमिरेको मृत्यु भएपनि उनको छोरी कमला घिमिरेलाई प्रतिवादी बनाएको छ ।

त्यसैगरी तत्कालिन सचिव, सहसचिव, उपसचिवदेखि शाखा अधिकृतलाई समेत प्रतिवादी बनाएको छ ।
त्यस्तै भूमि सुधार व्यवस्था विभागका तत्कालीन महानिर्देशक तत्कालीन निर्देशक उपसचिवप, शाखा अधिकृत,नासु तथा मालपोत अधिकृतहरूलाई समेत प्रतिवादी बनाएर मुद्धा पेश भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?