काठमाडौ । पाल्पा सिमेन्ट इन्डष्ट्रिजले प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । बुधबार कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आइपीओको लागि अनुमति दिएको हो ।
करिव २० महिनापछि बोर्डले कम्पनीलाई आइपीओ जारीका लागि अनुमति दिएको हो । पाल्पा सिमेन्टले २०८१ वैशाख २३ मा आइपीओ अनुमतिको माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरमा चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँको ७५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ छ।
प्रतिक्रिया