वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लेखापरिक्षण सेवा निर्यात गर्न ‘गेन’ परियोजना

वार्षिक ६ अर्ब डलर भित्र्याउने लक्ष्य

वार्षिक ६ अर्ब डलर भित्र्याउने लक्ष्य
अर्थटुडे
२०८२ पुष २३, बुधबार

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले ‘ग्लोबल अकाउन्टिङ इनिसियटिभ इन नेपाल’ (गेन) परियोजना सुरु गरेको छ । नेपालको लेखा तथा लेखापरीक्षण सेवालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउँदै यसको निर्यातमार्फत रोजगारी र आयआर्जन बढाउने उद्देश्यका साथ यो परियोजना सुरु गरिएको हो ।
बुधबार आइक्यानले पत्रकार सम्मेलन गरी यो परियोजनाले नेपालको लेखा तथा वित्तीय सेवालाई ब्राडिङ गर्ने र आउटसोर्सिङ गन्तव्यका रूपमा विकास गर्नेछ ।
परियोजना अन्तर्गत लेखा र लेखापरिक्षण सेवा निर्यात वृद्धि गर्दै आगामी १० वर्षमा १ लाख ५० हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने र वार्षिक करिब ६ अर्ब डलर बराबरको आम्दानी भित्र्याउन लक्ष्य राखिएको आइक्यानका अध्यक्ष नीलबहादुर सारु मगरले जानकारी दिए ।
आइक्यानले नेपालको लेखा तथा लेखापरीक्षण सेवालाई अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्ने तथा अन्तर्राष्ट्रियस्तरमा रणनीतिक साझेदारी गर्दै सेवा विस्तार गर्ने योजना अघि सारेको छ ।
लेखा र लेखापरिक्षण आउटसोर्सिङका लागि आवश्यक नियामक तथा संस्थागत संरचना सुदृढीकरण, सुरक्षित डिजिटल पूर्वाधार विकास, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको जनशक्ति उत्पादन तथा गुणस्तरीय सेवा विस्तारलाई प्राथमिकतामा राखिएको आइक्यानले जानकारी दिएको छ ।
परियोजना सञ्चालनका लागि आईक्यानले छुट्टै वेवसाईट मार्फत निर्माण गरेको ‘आउटसोर्सिङ हब’ बुधबार नै सार्वजनिक गरेको छ । यस्तै डिजिटल प्लेटफर्ममार्फत प्रचारप्रसार समेत सुरु गरेको छ ।
पत्रकार सम्मेलनमा आइक्यान सहायक निर्देशक सन्तोष विष्टले भारत, बङ्गलादेश, भियतनाम र फिलिपिन्सजस्ता मुलुकले अन्तर्राष्ट्रिय अकाउन्टिङ आउटसोर्सिङ ठूलो बजार बनाएको उदाहरण दिँदै नेपालसँग पनि प्रतिस्पर्धा गर्न सक्ने पर्याप्त सम्भावना रहेको बताए । ‘नेपालबाटै विश्वका विभिन्न देशका संस्थालाई लेखा सेवा प्रदान गरी ठूलो विदेशी मुद्रा आर्जन गर्न सक्ने सम्भावना देखिएको छ’ पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाललाई दक्षिण एसियाको आउटसोर्सिङ हबका रूपमा स्थापित गर्न सीप विकास र नीतिगत स्पष्टता भने आवश्यक छ ।’ नेपालमा सस्तो मूल्यमा जनशक्ति उपलब्ध रहेको र अग्रेजी भाषको दक्षतामा पनि नेपालको अवस्था बलियो भएकाले बढी सम्भावना रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?