काठमाडौ । टर्किस एसयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगलागी भएको छ । बुधबार दिउँसो १ः२८ बजे टर्किसको उडान नम्बर ‘टीएचवाई ७२७’ को जहाज त्रिभुवन विमानस्थलबाट इस्तानबुलका लागि उडेको थियो । विमान उडेको ४ मिनेटमा दायाँ इन्जिनमा आगालागनी भएको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ ।
विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार सो वाइड वडी जहाजले २सय २५ यात्रु बोकेको थियो । इन्जिनमा आगलागी भएपछि चालक दलले विमानलाई पश्चिम दिशामा लगेरदाया इन्जिन बन्द गरी केही समय होल्ड गरेको थियो ।
‘विमान होल्ड हुदा हामीले दमकल, एम्बुलेन्सदेखि सम्पर्ण आवश्यक सामग्री तयार गरिएको थियो तर चालक दलले भारतको कोलकोत्ता डाइभर्ट गर्न अनुमति मागे । त्यसपछि हामीले अनुमति दियौ ।’ सिटौलालले भने ।
सो विमान कोलकतामा सुरक्षित अवतरण भइसकेको छ ।
प्रतिक्रिया