वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आठ महिनामा नै साढे १४ खर्ब रेमिट्यान्स नेपाल भित्रियो

आठ महिनामा नै साढे १४ खर्ब रेमिट्यान्स नेपाल भित्रियो
अर्थटुडे
२०८२ चैत्र १९, बिहीबार

काठमाडौ । चालु आर्थिक बर्षको आठ महिनामा विदेशबाट नेपाल भित्रने रेमिट्यान्स १४ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ३७.७ प्रतिशतले वृद्धि हो । अघिल्लो आर्थिक बर्षको आठ महिनामा नेपाल भित्रने रेमिट्यान्स जम्मा ९.५ प्रतिशतले मात्र बृद्धि भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार २०८२ फागुन महिनामा मात्र नेपालमा १ खर्ब ८८ अर्ब ६४ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको फागुनमा मात्र १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो ।

यसअवधिमा अमेरिकी डलरमा ३१.प्रतिशतले रेमिट्यान्सको आप्रबाहमा बृद्धि भई १० अर्ब १५ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?