वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजारमा पहिरो गएपछि अर्थमन्त्रीको सक्रियता

स्टक ब्रोकरसँग भने : अपराध गरेकालाई उन्मुक्ति हुँदैन तर, छानीछानी प्रतिशोध लिदैनौं

स्टक ब्रोकरसँग भने : अपराध गरेकालाई उन्मुक्ति हुँदैन तर, छानीछानी प्रतिशोध लिदैनौं
अर्थटुडे
२०८२ चैत्र २३, सोमबार

काठमाडौं । सरकारले निजी क्षेत्रका उद्योगी व्यवसायीमाथी छानविन अघि बढाएपछि त्यसको प्रभाव सेयर बजारमा देखिन थालेको छ । सरकार गठनअघि २ हजार ९५० विन्दुमा रहेको सेयर बजार परिसुचक नेप्से चैत २२ गते ९ दशमलव २७ प्रतिशत घटेर २ हजार ६७६ दशमलव ६८ विन्दुमा झरेको छ । नयाँ सरकार गठनयता नेप्से परिसूचक २७३ दशमलव ४८ अंकले घटिसकेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिशमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले इन्फिनिटी समूहका दीपक भट्ट, शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल र उपाध्यक्ष सुलभ अग्रवाललाई पक्राउ गरेको थियो । उनीहरूमध्ये अध्यक्ष अग्रवाललाई आइतवार रिहा गरे पनि भट्ट र सुलभलाई थुनामै राखी अनुसन्धान जारी छ । शंकरका अर्का छोरा साहिल पनि सम्पत्ति शुद्धीकरण मुद्दामा तानिन सक्ने अनुमान गरिएको छ ।

बजारमा लगातार पहिरो गएपछि लगानीकर्तालाई विश्वासमा लिन अर्थमन्त्री डा. स्वर्णीम वाग्ले सक्रिय भएका छन् । सोमबार स्टक ब्रोकर एशोसिएसनसँग भेटवार्ता गर्दै उनले देशलाई ग्रे लिष्टबाट बाहिर ल्याउनुपर्ने जिम्मेवारी रहेको र त्यसका लागि सुशासनका काम गर्नुपर्ने र त्यसैका लागि जनमत पाएको पनि बताए ।

अर्थमन्त्री वाग्लेले पुराना मुद्दाहरुमा छानविन भइरहेको र सरकारले प्रतिशोध लिएर कारवाही नगर्ने बताएका हुन् । ‘केही अनुसन्धान पुरानै हुन् अहिले अन्तिमतिर पुगेका हुन्’ उनले भने, ‘अपराध गरेकालाई उन्मुक्ति हुँदैन तर छानीछानी प्रतिशोध हुँदैन ।’

अर्थमन्त्री वाग्लेले रास्वपा र सरकार निजी क्षेत्र विरोधी नभएको समेत स्पष्टीकरण दिए । ‘सरकार निजी क्षेत्र मैत्री छ । मेरो पहिलो निर्णय हेरे पनि थाहा भइहाल्छ । रास्वपा र सरकार निजीक्षेत्र विरोधी होइन ।’ उनले आगामी आर्थिक वर्षको सरकारको बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हरने र नेपालको अर्थतन्त्रका लागि अब स्वर्णिम समय आउने दावी समेत गरे । उनले शेयर बजारमा सबै भन्दा उदार पार्टी र घोषणापत्रमै स्पट धारणा राखेको भएपनि अहिले अफवाह फैलाईएको बताए ।

भेटमा ब्रोकरहरुले भने बजारमा शेयर बेचेर निस्किएका र बजारबाट शेयर उठाउन लागेका मानिसले बजारमा गलत हल्ला मच्चाइरहेको र यसबाट साना लगानीकर्ता आत्तिएका बताए । उनीहरुले संस्थागत लगानीकर्ताका लागि बजारमा सहजताको उपाय अपनाउनु जरुरी रहेको बताए । निजी क्षेत्रमाथिको अनुसन्धान जायज छ तर अनुसन्धान गोप्य राखिनु पर्ने थियो त्यो नहुँदा बजारमा त्रास फैलिएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?