काठमाडौ । सम्पत्ति शुद्धिकरणको मुद्धामा छानविन थालेपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । शुक्रबार उनले अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् ।
सुलभ अग्रवाल र दिपक भट्टमाथि भइरहेको अनुसन्धान अनुसार उनीहरुको केशमा धितोपत्र बोर्डको भुमिका पनि शंकास्पद रहेकोले श्रेष्ठ पनि तानिने भएपछि राजीनामा दिएका हुन् ।
हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन लार्ज क्याप फण्डको अनुमति र रकम दुरुपयोगको विषयमा छानविन हुने भएपछि श्रेष्ठले राजीनामा दिएका हुन् ।
राजीनामा पत्र बोकेर मन्त्रालय आएका श्रेष्ठले आफूले स्वैच्छाले राजीनामा दिएको बताए । सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाइ छ । श्रेष्ठ २०८१ मंसिर १० गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएका थिए ।

प्रतिक्रिया