वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से इन्डेक्समा अब दुई तहको सर्किट ब्रेकर, ६ प्रतिशतको सिमा १० पुग्यो

नेप्से इन्डेक्समा अब दुई तहको सर्किट ब्रेकर, ६ प्रतिशतको सिमा १० पुग्यो
अर्थटुडे
२०८३ बैशाख ४, शुक्रबार

काठमाडौ । अगामी सोमबार (बैशाख ७ गतेदेखि) नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’को सर्टिक सम्बन्धी नयाँ व्यवस्था लागु गर्ने भएको छ ।

नयाँ व्यवस्था अनुसार अब सूचीकृत कम्पनीहरूको दैनिक सेयर मूल्य घटबढ हुन पाउने सीमा (प्राइस लिमिट) १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याइएको छ। यससँगै अब कुनै पनि कम्पनीको सेयर मूल्य एकै दिनमा १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्नेछ। यसअघि यो सीमा १० प्रतिशत मात्रै थियो।

त्यस्तै बजार खुल्नुअघिको ‘प्री–ओपन सेसन’ (बिहान १०ः३० देखि १०ः४५ बजेसम्म) को मूल्य सीमामा पनि संशोधन गरिएको छ। अब प्री–ओपन सेसनमा सेयरको मूल्य ५ प्रतिशतसम्म घटबढ हुन पाउनेछ।

यसअघिको २ प्रतिशतको सीमाका कारण बजार खुल्ने बित्तिकै हुने मूल्य सन्तुलनमा समस्या देखिने गरेकोमा अब वास्तविक मूल्य तय हुन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

यसअघि प्रचलनमा रहेको ४, ५ र ६ प्रतिशतको तीन तहको सर्किट ब्रेकर (सर्किट ब्रेकर) प्रणालीलाई हटाएर अब ५ र ८ प्रतिशतको दुई तहको सर्किट ब्रेकर प्रणाली लागू गरिनेछ ।

कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र नेप्से सूचक ५ प्रतिशतले बढे वा घटेमा कारोबार १५ मिनेटका लागि स्थगित गरिनेछ। (यसअघि ४ प्रतिशतमा २० मिनेटको व्यवस्था थियो) त्यस्तैगरी यदि ५ प्रतिशतको ब्रेकपछि पुनः खुलेको बजारमा सूचक ८ प्रतिशतले घटबढ भएमा उक्त दिनको बाँकी समयका लागि सम्पूर्ण कारोबार पूर्ण रूपमा बन्द गरिनेछ। (यसअघि ६ प्रतिशतको उतारचढावमा दिनभरका लागि कारोबार बन्द हुने प्रावधान थियो)।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?