वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सागर ढकाल एफ्एनसिसिआइको कार्यकारी सदस्यमा निर्वाचित

सागर ढकाल एफ्एनसिसिआइको कार्यकारी सदस्यमा निर्वाचित
अर्थटुडे
२०८३ बैशाख २३, बुधबार

काठमाडौ । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल भर्खरै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघ (एफएसीसीआई) को कार्याकारी सदस्यमा निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा उनले वस्तुगत समूहबाट कार्यकारी सदस्यमा उच्च मतका साथ विजय प्र्राप्त गरेका हुन् ।
‘एफ्एनसीसिसिआइको कार्यकारी सदस्य भएपछि एउटा क्षेत्रलाई मात्र महत्व दिने भन्ने हुदैन, त्यसैले समग्र निजी क्षेत्रका मुद्दाहरूलाई सशक्त रूपमा उठाउनेछु। ’ उनले अर्थटुडेसँग भने ।

उनले समग्र निजी क्षेत्रको हितमा काम गर्ने भएकोले सरकार र नीजि क्षेत्रविचको पुलको काम गर्ने समेत बताए । उनका अनुसार व्यवसायमैत्री नीति निर्माण, लगानी प्रबद्र्धन तथा आर्थिक गतिविधि विस्तारका लागि आफ्नो क्षमताले सकेसम्म काम गर्नेछु । निर्वाचित भएपछि ढकालले भने।

निर्वाचन भएपछि ढकालले भने,‘यहाँहरूले दिनुभएको अमूल्य मत र विश्वासले मलाई अझ जिम्मेवार बनाएको छ। यो समर्थनले मेरो कर्तव्यबोधलाई अझ बलियो बनाएको छ ।

त्यस्तै उनले आफुले लामो समयदेखि काम गर्दै आएको धितोपत्र दलाल व्यवसायको समस्यामा थप फोकस हुने बताउँदै लामो समयदेखि अड्किरहेको धितोपत्र सम्बन्धी निममावलीहरु अर्थसमिति र सम्बन्धीत निकायबाट पास गराउनका लागि मुख्य भुमिका खेल्ने पनि बताए ।

उनले उद्योग–व्यवसायमैत्री वातावरण निर्माण, नीति सुधार, सरकारी तथा निजी क्षेत्रबीच सहकार्य अभिवृद्धि, लगानीको वातावरण सहज बनाउने तथा उद्यमशीलता प्रवद्र्धनमा विशेष ध्यान दिने दावी गरे ।

साना तथा मझौला उद्यमलाई सशक्त बनाउने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रका साझा आवाजलाई मजबुत बनाउनेतर्फ पनि आफ्नो भूमिका केन्द्रित रहने उनको भनाई थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?