वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा गैरकानुनी ‘क्यासब्याक’, प्राधिकरणले गर्याे २ लाख जरिवाना

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा गैरकानुनी ‘क्यासब्याक’, प्राधिकरणले गर्याे २ लाख जरिवाना
अर्थटुडे
२०८३ बैशाख २४, बिहीबार

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । कम्पनीले निर्देशन विपरित बीमालेख बिक्री गर्दा क्यास ब्याक दिएको पाइएपछि नगद जरिवाना गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले जारी गरेको सम्पति बीमा निर्देशन २०८० मा कम्पनीहरुले बीमालेखको बीमाशुल्कमा कुनै प्रकारको छुट (डिस्काउन्ट), रिहायत, कटौती वा सहुलियत दिन नपाइने प्रावधान छ । यस व्यवस्था विपरित कम्पनीले छुट दिएर बीमालेख बिक्री गरेको भेटिएपछि प्राधिकरणले कारवाही गरेको हो ।

यसैगरी प्राधिकरणले लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङलाई ५ हजार जरिवाना गरेको छ ।

पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका २०७८ को दफा १५(१)मा पुनर्बीमा दलालको इजाजपत्र प्राप्त संगठित संस्थाले प्राधिकरणको स्वीकृति बिना स्वामित्व हस्तान्तरण गर्न नपाउने प्रावधान छन् । १५(२) मा पुनर्बीमा दलालको इजाजपत्र प्राप्त संस्थाले स्वामित्व परिवर्तन गर्न चाहेमा कारण समेत खुलाएर प्राधिकरण समक्ष निवेदन दिनुपर्ने व्यवस्था छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?