वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्री राहत कोषमा शंकर ग्रुपको चार करोड सहयोग

प्रधानमन्त्री राहत कोषमा शंकर ग्रुपको चार करोड सहयोग
अर्थटुडे
२०८३ भाद्र १७, बुधबार

काठमाडौँ । शंकर ग्रुपले प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ सहयोग गरेको छ । भोटेकोशीमा आएको बाढीका कारण नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको थियो ।

विपद्पीडित नागरिकहरूको राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्रीज्यूलाई प्रधानमन्त्री राहत कोषमा ४ करोड को चेक हस्तान्तरण गरेका हुन् ।

यसका साथै विपद्को तेस्रो दिनमै शंकर ग्रुपले गृह मन्त्रालयको समन्वयमा भैरहवाका मुख्य जिल्ला अधिकारी मार्फत विस्थापित नागरिकहरूको अस्थायी आश्रयका लागि २५ लाख रुपैयाँ बराबरका २,५०० थान टार्पोलिन टेन्ट उपलब्ध गराइसकेको छ ।

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?