वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विद्युतिय स्कुटर एथरको १५ औं शोरुम नेपालगन्जमा

विद्युतिय स्कुटर एथरको १५ औं शोरुम नेपालगन्जमा
अर्थटुडे
२०८३ भाद्र ३०, मंगलवार

नेपालगन्ज । विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको अवस्थामा एथर नेपालले पश्चिम नेपालको विद्युतीय यातायात बजारलाई लक्षित गर्दै नेपालगन्जमा आफ्नो १५ औं शोरुम सञ्चालनमा ल्याएको छ । नेपालगन्जको बसपार्क रोड, न्युरोड–२ मा स्थापना गरिएको शोरुम नेपालगन्ज तथा आसपासका क्षेत्रका ग्राहकले एथरका विद्युतीय स्कुटर, प्रविधि तथा सेवाबारे प्रत्यक्ष जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।
नयाँ केन्द्र सञ्चालनमा आएसँगै एथरको सञ्जाल काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगन्ज, धरान र विराटनगरलगायत प्रमुख सहरमा विस्तार भएको छ।

एथर ४५० र रिज्तामा जोड
केन्द्रमा एथरका विभिन्न विद्युतीय स्कुटर उपलब्ध हुनेछन्। कम्पनीले एथर ४५० र एथर रिज्तालाई प्रमुख उत्पादनका रूपमा अघि सारेको छ।
एथर ४५० गतिशील तथा उच्च कार्यक्षमता चाहने चालकलाई लक्षित गरिएको विद्युतीय स्कुटर हो । यसको तीव्र प्रतिक्रिया, प्रविधिमैत्री सुविधा र सहरी यात्रालाई लक्षित डिजाइनले फरक किसिमको सवारी अनुभव दिने कम्पनीको दाबी छ ।
त्यस्तै, एथर रिज्ता दैनिक तथा पारिवारिक प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको स्कुटर हो । आरामदायी यात्रा, उपयोगिता र आधुनिक सुविधाको संयोजन रहेको रिज्तालाई दैनिक आवतजावतका लागि उपयुक्त विकल्पका रूपमा कम्पनीले प्रस्तुत गरेको छ ।

स्कुटरमै नयाँ प्रविधि

एथरले आफ्ना विद्युतीय स्कुटरमा चालकको यात्रा सहज बनाउन विभिन्न प्रविधि प्रयोग गरेको जनाएको छ । कम्पनीका अनुसार ‘म्याजिक ट्विस्ट’ सुविधामार्फत ह्यान्डलको एकाइ घुमाएर स्कुटरको गति नियन्त्रित रूपमा घटाउन सकिन्छ। यसले पटक–पटक ब्रेक थिच्नुपर्ने आवश्यकता कम गर्छ। त्यस्तै, ‘इन्फिनिट क्रुज’ सुविधाले लामो दूरीको यात्रामा स्थिर गति कायम राख्न सहयोग गर्ने कम्पनीको भनाइ छ। आवाजमार्फत स्कुटरसँग आदेश आदानप्रदान गर्न सकिने सुविधाले चालकलाई थप सहजता प्रदान गर्ने बताइएको छ।

ब्याट्रीमा आठ वर्षको प्रत्याभूति

विद्युतीय सवारी खरिद गर्दा ब्याट्रीको आयु, बिक्रीपछिको सेवा र दीर्घकालीन स्वामित्वप्रतिको विश्वास महत्वपूर्ण हुने भन्दै एथर नेपालले ब्याट्री तथा सेवासम्बन्धी प्रत्याभूतिलाई प्राथमिकतामा राखेको जनाएको छ। कम्पनीले ‘एथरको ८७० ब्याट्री प्रत्याभूति’मार्फत स्कुटरको ब्याट्रीमा दीर्घकालीन सुरक्षा प्रदान गर्ने जनाएको छ। एथर नेपालका अनुसार हाल देशभर ५० भन्दा बढी द्रुत चार्जिङ केन्द्र तथा १० भन्दा बढी आधिकारिक सेवा केन्द्र सञ्चालनमा छन्। अनुभव केन्द्र, सेवा केन्द्र र चार्जिङ पूर्वाधार विस्तारमार्फत ग्राहकलाई स्कुटर खरिददेखि बिक्रीपछिको सेवासम्म सहज सुविधा दिने कम्पनीको लक्ष्य छ।

नेपालगन्जमा विशेष छुट योजना

नेपालगन्जमा नयाँ अनुभव केन्द्र सञ्चालनको अवसरमा एथर नेपालले स्थानीय ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ। यो योजना ३ असोज २०८३ सम्म लागू हुने कम्पनीले जनाएको छ। नगदमा स्कुटर खरिद गर्ने ग्राहकले आठ वर्षको थप ब्याट्री प्रत्याभूति पाउनेछन्। किस्ताबन्दीमा खरिद गर्ने ग्राहकका लागि शून्य ब्याजदरमा वित्तीय सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ। त्यस्तै, पुरानो सवारीसाधन साटेर एथरको स्कुटर खरिद गर्ने ग्राहकले मूल्यांकनमा थप ८ हजार रुपैयाँको सुविधा पाउने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?