वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

किन ओरालो लाग्यो हाथवे ? एकैदिन कम्पनीको सेयर १५ प्रतिशतले गिरावट

किन ओरालो लाग्यो हाथवे ? एकैदिन कम्पनीको सेयर १५ प्रतिशतले गिरावट
अर्थटुडे
२०८३ आश्विन २, शुक्रबार

काठमाडौ । हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको सेयर मुल्य एकैदिन १५ प्रतिशतले गिरावट आएको छ । विहिबार कम्पनीको सेयर ५८८ रुपैयाँ प्रतिकित्तामा कारोबार भएकोमा शुक्रबार गिरावट आई ४९९ रुपैयाँ ८० पैसामा झरेको हो ।

शुक्रबार कारोबार सुरुभएदेखि नै विक्रिमा चाप परेपछि नकारात्मक सर्किटमा पुगेको नेप्सेले जनाएको छ । आजदेखि लकइन अवधि सकिएपछि सेयर विक्रि बढेको हो । कम्पनीको २ करोड ५ लाख ३३ हजार ५०० कित्ता शेयरको लक–इन अवधि शुक्रबारदेखि समाप्त भएको हो ।

सो सेयर संस्थापक र कर्मचारीहरुको थियो । यसमध्ये २ करोड ४ लाख ७५ हजार कित्ता संस्थापक शेयर र ५८ हजार ५०० कित्ता कर्मचारी शेयर रहेको बताइएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?