काठमाडौं । सेवा विकास बैंक लिमिटेडले शेयरधनीलाई २० प्रतिशत लाभांसको घोषणा गरेको छ । बैंकले आफ्ना लगानीकर्तालाई १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत नगद लाभांस (कर प्रयोजनार्थ ) दिने घोषणा गरेका हो । कम्पनीको दशौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७÷०७३ को नाफाबाट सो लाभांस दिने भएको हो ।
बैंकको केन्द्रीय कार्यालय बुटवलमा रहेको छ । देशभर १३ वटा शाखा कार्यालय र ७ वटा एटिएम रहेको बैंकक ७५ हजार भन्दा बढी ग्राहक रहेका छन् । बैंकले हाल करिव ५ अर्ब २४ करोड भन्दा बढी निक्षेप संकलन गरी करिव ४ अर्ब ७४ करोड भन्दा बढि कर्जा लगानी गरेको जनाएको छ ।
सेवा विकास बैंकले पोखरामा केन्द्रीय कार्यालय रहेको कामना विकास बैंकसंग मर्जको लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । बैंकले शेयरधनीहरु लाई १ बराबर १.२ को अनुपातमा हकप्रद शेयरको बिक्री समेत खुल्ला गरिसकेको छ
प्रतिक्रिया