वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजारमा १० अर्व ८५ करोडको हकप्रद सेयर आउदै

बजारमा १० अर्व ८५ करोडको हकप्रद सेयर आउदै
अर्थटुडे
२०७३ पुष २१, बिहीबार

काठमाडौं । धितोपत्र बजारमा १० अर्व ८६ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर थपिने भएको छ । विभिन्न १५ कम्पनीले आफ्ना लगानीकर्ताको लागि १० करोड ८५ लाख कित्ता हकप्रद सेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

सेन्ट्रल फाइनान्सले आफ्ना लगानीकर्ताहरुको लागि २५ प्रतिशत (४ करोड ६३ लाख बराबरको) हकप्रद सेयर दिने भएको छ । त्यस्तै कामना विकास बैंकले २५ प्रतिशत (५ करोड ७५ लाख रुपैयाँ बराबरको) र अपी पावर कम्पनीले २०० प्रतिशत (दुइ अर्व रुपैयाँ बराबरको) हकप्रद सेयर जारी गर्ने भएको छ ।

त्यसैगरी ललितपुर फाइनान्सले शतप्रतिशत (१८ करोड ७९ लाख रुपैयाँ बराबरको) , सिद्धार्थ इन्सुरेन्सले २५ प्रतिशत (८ करोड ६२ लाख रुपैयाँ), नेरुडे लघुवित्त विकास बैंकले ५० प्रतिशत (नौ करोड रुपैयाँ), भागर्व विकास बैंकले शत प्रतिशत १२करोड रुपैयाँ) र सानिमा माइ हाइड्रो पावर लिमिटेडले शत प्रतिशत (एक अर्व ५ करोड रुपैयाँ ) हकप्रद सेयर जारी गर्ने भएको छ ।

त्यस्तै डिप्रोक्स लघुवित्त विकास बैंकले शत प्रतिशत (२५ करोड ७९ लाख रुपैयाँ), यति विकास बैंकले ५० प्रतिशत (६९ करोड ३१ लाख रुपैयाँ), फस्ट माइक्रोफाइनान्स लिमिटेडले ५० प्रतिशत (१३ करोड २२ लाख), नेपाल बंगलादेश बैंकले ८० प्रतिशत (३ अर्व २० करोड रुपैयाँ ) र मिसन डेभलपमेन्ट बैंकले शत प्रतिशत (१९ करोड ४९ लाख रुपैयाँ) हकप्रद सेयर जारी गर्ने भएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनले २५ प्रतिशत (एक अर्व ३८ करोड) र कुमारी बैंकले ५० प्रतिशत (एक अर्व ३४ करोड रुपैयाँ ) हकप्रद सेयर बजारमा आउने भएको छ । यी हकप्रद सेयर बजारमा आउँदा दोस्रो बजार भने घट्न सक्छ । हकप्रद सेयर भर्नकै लागि रकम जोहो गर्नुपर्ने भएकोले कतिपय जगानीकर्ताहरुले आफूसँग भएको सेयर विक्रि गर्दछन् । विक्रिको चाप बढ्दै गएपछि बजार घट्ने गर्दछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?