काठमाडौं । नेपालभरका करिव एक हजार नीजी कम्पनीहरुले कम्पनीको उदेश्य विपरित सेयर बजारमा लगानी गरिरहेको पाइएको छ । नेपाल धितोपत्र बोर्डले बजारलाई स्वच्छ बनाउने उदेश्य सहित दोस्रो बजारमा इन्भेष्टमेन्ट कम्पनी सम्बन्धी प्रारम्भिक अध्ययन गरेको थियो ।
सो अध्ययनमा बजारमा लगानी गर्ने उदेश्य सहित आएका करिव ३०० वटा नीजी कम्पनहरु भएपनि एक हजार वटा नीजी कम्पनीहरु भने संस्थाको उदेश्य विपरित बजारमा लगानी गरिरहेको खुलेको छ ।
बोर्डले गरेको अध्ययन अनुसार एकै व्यक्ति कार्यकारी प्रमुखको रुपमा रही २० वटा सम्म लगानी कम्पनीहरु स्थापना गरी धितोपत्र कारोबार गरिरहेको पाएको छ । यसरी कारोबार गर्नाले नै बजार नियन्त्रणभन्दा बाहिर गएको बोर्डले जनाएको छ ।
बजारमा अन्य संस्थागत लगानीकर्ता तथा धितोपत्र व्यापारीको समेत अभाव भएको हालको अवस्थामा यस्ता निजी लगानी कम्पनीहरुलाई व्यवस्थित गर्न आवश्यक देखिएको बोर्डले जनाएको छ । बोर्डले धितोपत्र दलाल व्यवसायीहरु मार्फत् धितोपत्रको कारोबार गरिरहेका लगानी कम्पनीहरु सम्बन्धी विवरण माग गरी अध्ययन गरेको थियो ।
उदेश्य विपरित काम गरेका कम्पनीहरुलाई पुँजीबजारको नियमन दायरामा ल्याउन सहज हुने र यसबाट लगानी कम्पनीहरुको गतिविधी समेत पारदर्शी भर्ई दोस्रो बजार थप व्यवस्थित रुपमा विकास हुने बोर्डले जनाएको छ ।
प्रतिक्रिया