काठमाडौं । साताको अन्तिम दिन सेयर बजार परिसुचक (नेप्से) २१.४७ अंकले ओरालो लागेको छ । यसदिन नेप्से परिसुचक १३७५ मा अडिएको छ । विहिबार १३७ कम्पनीका ५१ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर किनवेच भएको छ ।
पछिल्लो दिन नेप्से लगातार उच्च अंकले घटिरहेको छ । विभिन्न कम्पनीहरुले जारी गरेको साधारण सेयर, एफपीओ र हकप्रद सेयरका कारण लगानीकर्ताहरुको आकर्षण दोस्रो बजारतर्फ नदेखिएको सेयर बजार विष्लेषकहरु बताउँछन् ।
बजार विष्लेषकहरुका अनुसार बजारमा तरलता अभाव हुदा बैंक तथा वित्तिय संस्थाहरुले व्याज बढाउन थालेका छन् भने लगानीकर्ताहरुलाई मार्जिन कल आउन थालेको छ जसले गर्दा लगानीकर्ताहरु आफुसँग भएको सेयर बेचेर रकम जम्मा गर्नतर्फ लागेका छन् । यसैको असर बजारमा परेको हो ।
यसदिन सम्पुर्ण समूहगत उपसुचकहरु पनि ओरालो लागेको छ । विहिबार बैकिङ २३.३५, होटल ५.५५, विकास बैंक १८.३१,जलविद्युत ३.२३, फाइनान्स ९.०, विमा १०१.५ र अन्य समूह १२.७५ अंकले ओरालो लागेको छ ।
यसदिन सवैभन्दा बढी कारोबार हुनेमा क वर्गका बाणिज्य बैंकहरु मात्र रहेका छन् । प्रभु बैंक लिमिटेडको प्रमोटर सेयर, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, बैंक अफ काठमाडौं लुम्बिनी लगायतका कम्पनीहरु रहेका छन् ।
त्यस्तै सवैभन्दा बढी कमाउने पाँच कम्पनीहरुमा तारागाउँ रिजेन्जी होटल, एनआइविएल संबृद्धि फन्ड—१, वेष्टर्न डेभलपमेन्ट बैंक, युनियन फाइनान्स र खानीखोला जलबिद्युत आयोजना रहेको छ । त्यस्तै सबैभन्दा बढी गुमाउने पाँच कम्पनीहरुमा एनएमबी बैंक लिमिटेड प्रमोटर सेयर,सिनर्जी फाइनान्स लिमिटेड,कृषि विकास बैंक, भागर्व विकास बैंक र प्राइम कमर्सियल बैंकका लगानीकर्ताहरु रहेका छन् ।
प्रतिक्रिया