वि.सं. २०८३ कार्तिक २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन पावरको आइपीओ सोमबारदेखि खुल्ला

अर्थटुडे
२०७३ माघ १७, सोमबार

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले स्थानीय बासिन्दाको लागि सोमबारदेखि साधारण सेयर (आइपीओ) खुल्ला गरेको छ । हिमालयनले एक सय रुपैयाँ अंकित मूल्यको १० लाख ६५ हजार ४१७ कित्ता सेयर बिक्री खुला गरेको हो ।
हिमालयन पावर पार्टनरको सेयरमा लमजुङ जिल्लाका आयोजना प्रभावित चिती, ढोडेनी, बन्सर, नौथर, श्रीमञ्ज्याङ, अर्चलबोट, गाविसमा बासिन्दाले पाँच लाख ३२ हजार ७०८ कित्ता पाउनेछन् भने बाँकी लमजुङ जिल्लाका बासिन्दाले पाँच लाख ३२ हजार ७०९ कित्ता सेयर पाउनेछन् ।

आवेदकले हिमालयन पावर पार्टनरको साइट कार्यलय, ग्लोबल आइएमई बैंकको शाखा कार्यालय बेसीसहर बजार लमजुङ, प्यासिफिक डेभलपमेन्ट बैंक भोटेवडार लमजुङ र कैलाश विकास बैंकको शाखा कार्यालय बेसीसहर बजार लमजुङबाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।

कम्पानीको बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
न्यूनतम ५० कित्ता र अधिकतम ५०० कित्ता सम्म आवेदन दिन पाइने सो कम्पनीकोसेयर बिक्री बन्द छिटोमा फागुन २ मा हुनेछ । यस अवधिमा माग अनुसार आवेदन नपरेमा भने फागुन १७ गतेसम्म सेयर भर्न पाइनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?