काठमाडौं । साताभर नेपाल स्टक एक्सचेन्ज (नेप्सें) ६.८१ अंकले घटेर १३४७.५३ अंकमा आइपुगेको छ । यस साता १५६ कम्पनीहरुको दुई अर्ब ३० करोड २० लाख २३ हजार रुपैयाँ बराबरका ४५ लाख ७६ हजार दुई सय २० कित्ता सेयर कारोबार भएको छ । 
कारोबार रकम गत साताको भन्दा ५०.१५ प्रतिशत बढी हो । गत साता १५० कम्पनीहरुको एक अर्ब ५३ करोड ३१ लाख ६४ हजार रुपैयाँ बराबरका ३३ लाख २० हजार पाँच सय १० कित्ता सेयर मात्र कारोबार भएको थियो । यस साता कारोबार रकम र सेयर संख्याको आधारमा ग्लोवल आइएमइ बैंक लिमिटेड पहिलो स्थानमा रहेको छ ।
त्यसैगरी कारोबार संख्या (१३४६ वटा) को आधारमा भने नेपाल क्रेडिट एण्ड कमर्स बैंक पहिलो रहेको छ । कारोबार रकमका आधारमा साताका उत्कृष्ट ५ कम्पनीहरुमा ग्लोवल आइएमइ बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, नेपाल लाइफ इन्सुरेन्स र नेसनल लाइफ इन्सुरेन्स कम्पनी रहेका छन् । 
यस साता नेपाल एसबीआइ बैंकको साधारण सेयर, श्री इन्मेष्टमेन्ट एण्डग फाइनान्स, प्रिमिय र इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, छिमेक लघुवित्त विकास बैंक, सिर्जना फाइनान्स र अरनिको डेभलपमेन्ट बैंकको बोनस सेयर, युनाइटेड इन्सोरेन्सको हकप्रद त्रिबेणी विकास बैंकको बोनस तथा हकप्रद सेयर नेप्सेमा सुचिकृत भएका छन् ।
प्रतिक्रिया