काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले सर्वसाधारणमा तीन लाख ९० हजार कित्ता साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । आइपीओ जारी गर्नको लागि कम्पनीले धितोपात्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरको तीन करोड ९० लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न अनुमति माग्दै चैत ९ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
नेपाल हाइड्रोले यसअघि मंसिर २६ गतेदेखि पुस १० गतेसम्म दोलखाका आयोजना प्रभावित स्थानीयबासीलाई दुई लाख ६० हजार कित्ता आइपीओ बिक्री गरि बाँडफाँड समेत गरिसकेको छ । आइपीओ जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैंया पुग्ने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।
कम्पनीलाई इक्रा नेपालले रेटिंग चार प्रदान गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ उर्जा समितिको सभापति ज्ञानेन्द्रलाल प्रधान सो कम्पनीको अध्यक्ष छन् भने महासंघका अध्यक्ष पशुपति मुरारका लगायत सञ्चालक रहेका छन् ।
प्रतिक्रिया