वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साताको अन्तिम दिन बजार स्थिर,कारोबार रकम एक अर्बले घट्यो

अर्थटुडे
२०७३ चैत्र १७, बिहीबार

काठमाडौं । साताको अन्तिम दिन विहिबार सेयर बजार परिसुचक (नेप्से) स्थिर रहेको छ । बुधबार २२ अंकले ओरालो लागेको बजार यसदिन ०.६५ अंकले घटेको छ । विहिबार दिनभर १४० कम्पनीको एक अर्ब ४८ करोड बराबरको मात्र कारोबार भएको छ । बुधबारको तुलनामा कारोबार रकम एक अर्ब ४ करोडले कम हो । बुधबार बजारमा दुई अर्ब ५२ करोडको कारोबार भएको थियो ।

बिहिबार होटल ५.५,फाइनान्स ८,बिमा ६९.९३ र अन्य २.२ अंकले उकालो लागेको छ भने बैकिङ ३.८, विकास बैंक ५.८१, जलबिद्युत १६.९८, र उत्पादनमूलक ११.०१ अंकले ओरालो लागेको छ ।

यसदिन सबैभन्दा बढी सानिमा बैंकको २२ करोड ५५ लाख बराबरको कारोबार भएको छ । त्यस्तै बढी कारोबार हुने कम्पनीहरुमा लक्ष्मी बैंक ११ करोड, कृषि विकास बैंक  ८ करोड, नेपाल बंगलादेश बैंक ५ करोड र एनसीसी बैंक ५ करोड बराबरको कारोबार भएको छ ।

सिर्जना फाइनान्सले १० प्रतिशतले कमाएको छ भने ज्योति विकास बैंक,साहारा विकास बैंक, नमस्ते वित्तिय संस्था बढी कमाउने कम्पनीमा परेका छन् । सेती फाइनान्स,रिलायवल माइक्रोफाइनान्स वित्तिय संस्था,सिन्धु विकास बैंक लगायतका कम्पनीहरु सबैभन्दा बढी गुमाउनेमा परेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?