वि.सं. २०८३ कार्तिक २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रचण्डले तत्काल राजिनामा दिएर कामचलाउ बजेट ल्याउनुपर्छ : पूर्वअर्थमन्त्री डा. महत

प्रचण्डले तत्काल राजिनामा दिएर कामचलाउ बजेट ल्याउनुपर्छ : पूर्वअर्थमन्त्री डा. महत
अर्थटुडे
२०७४ जेष्ठ ८, सोमबार

काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकार कामचलाउ सरकार भएकोे बजेट पनि कामचलाउ नै ल्याउनुपर्ने स्पष्ट पारेका छन् । यद्यपी उनले संविधानले पूर्ण बजेट ल्याउनबाट भने बञ्चित नगरेको बताए ।

सोमबार भएको एक कार्यक्रममा बोल्दै नेता महतले निर्वाचन आचारसंहिताका कारण पनि बजेट कामचलाउमात्रै ल्याउनुपर्ने बताएका हुन् । उनले भने,‘निर्वाचन आचारसंहिताका कारण पनि नीति तथा कार्यक्रम बाँधिएको छ, अहिले भएका कार्यक्रमहरुलाई निरन्तरता दिने हो, भएका कार्यक्रमहरुलाई कार्यान्वयन गर्नेतिर जोड दिनुपर्छ ।’

नेता महतले उनले अप्ठ्याराहरुलाई सुधार गर्ने र विगतका राष्ट्रिय गौरवका आयोजनाहरुलाई निरन्तरता दिनेगरि काम चलाउ बजेट ल्याउनुपर्ने बताए । महतले अर्को सरकार बनेपछि आवश्कता अनुसार पूरक बजेट ल्याउन सक्ने समेत जनाए ।

डा. महतले यो पटकको बजेटमा भुकम्पपछिको पूर्नःनिर्माणमा भने विशेष ध्यान दिनुपर्ने बताए । उनले भने,‘पूर्ननिर्माणको काम ढिला भयो, सरकारले पूर्ननिर्माण प्राधिकरणलाई हस्तक्षेप भयो, सरकारले अब प्राधिकरणको हात खुकुलो पारिदिनुपर्छ।’

नेता महतले सरकारले ल्याउने काम चलाउ बजेटमा नयाँ कर लगाउन नसक्ने समेत स्पष्ट पारे । त्यस्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग भएको भद्र सहमति अनुसार आज र भोलिमै राजिनामा दिने समेत विश्वास दिलाए ।

महतले भने,‘उहाँले राजिनामा दिनुहुन्छ, हुन त चैत्र मसान्तभित्रै राजिनामा दिने कुरा थियो, तर पहिलो चरणको निर्वाचन बैशाख ३१ गते भएकोले बैशाख मसान्तभित्रै राजिनामा दिने कुरा थियो, अहिले ४ गते दिने भनियो, फेरि ८ गते भनिएको थियो, तर अहिले किन ढिला भैरहेको छ, मैल बुझेको छैन ?’

महतले प्रधानमन्त्री प्रचण्डले नयाँ सरकार निर्माणको लागि मार्गप्रशस्त गर्न अब ढिलाई गर्न नहुने सुझाव दिए । उनले भने,‘भोलि र पर्सीसम्ममा राजिनामा आउँछ हो, उहाँहरुको पनि अहिले त्यही निर्णय भएको सुन्नमा आएको छ।’ उनले जे गर्ने हो त्यो निर्णय चाँडो गर्नुपर्ने धारणा राखे ।

फरक प्रसंगमा महतले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा कांग्रेस हारेको भनेर गलत प्रचार गरिएको समेत दाबी गरे । उनले भने,‘कांग्रेस हारेको होईन, निर्वाचन परिणाम चाहीँ हामीले अपेक्षा गरे अनुसार आएन्, संसदको हैसियत भन्दा यो स्थानीय तहको निर्वाचनमा हाम्रो हैसियत केही राम्रो हुने हामीले आंकलन गरेका थियौं, तर त्यो पूरा भएन ।’

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?