काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा नयाँ स्टक एक्सचेन्ज थप्न खोजेपनि हाल सेवा दिइरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरु विरोधमा उत्रिएका छन् । नेपालको बजारले नयाँ एक्सचेन्ज चल्न नसक्ने भन्दै उनीहरुले यसबाट १८ अर्व रुपैयाँ भन्दा बढीको सरकारी सम्पती जोखिममा पर्ने ध्यानाकर्षण गराएका छन् ।
नेप्से कर्मचारीहरुले अर्थमन्त्री कृष्णबहादुर महरालाई ज्ञापनपत्र बुझाउदै बजारमा नयाँ एक्सचेन्ज आवश्यक नभएको उल्लेख गरेका छन् । विश्वभर एक्सचेन्जहरुको मर्जरको लहर चलिरहेको बेला नेपालमा भने नयाँ एक्सचेन्ज खोल्न खोजिएको र सेयर कारोबारलाई भिडियो गेम जस्तो बनाउन खोजिएको आरोप लगाएका छन् ।
उनीहरुले नेप्सेको निजीकरण प्रक्रिया अन्यौलमा परेको भन्दै यसलाई सार्वजनिक गर्न पनि माग गरेका छन् ।
प्रतिक्रिया