वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लगानीकर्ताहरुको मनोबलमा गिरावट आउँदा बजार २२ अंकले ओरालो

अर्थटुडे
२०७४ असार १८, आईतवार

काठमाडौं । सेयर लगानीकर्ताहरुको मनोबलमा गिरावट आएको छ । जसका कारण सेयर बजार खुलेको साताको पहिलो दिन आइतबार नै नेप्से २२ अंकले ओरालो लागेको छ । सेयर कारोबारमा मूल्य अभिवृद्धि कर ( भ्याट) लाग्ने अनावश्यक हल्ला चलाईएपछि सेयर लगानीकर्ताको मनोबल कमजोर भएको हो । यसदिन कुल १४८ कम्पनीको कारोबार भएको बजारमा ५६ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बुधबारको तुलनामा कारोबार रकम ७ करोडले बढेको छ । बजार ओरालो लागेको बेलामा सेयर खरिदको क्रम बढेपछि कारोबार रकममा भने बढोत्तरी आएको हो । आइतबार कारोबारमा आएकामध्ये होटल र अन्य समुह बाहेक सबै समूहका परिसुचक ओरालो लागेका छन् । बीमा समूह सबैभन्दा बढी १२९ अंकले झरेको छ । विकास बैंक ३०, जलविद्युत समुह २५, वाणिज्य बैंक २२, उत्पादन २० र वित्त समूह ६ अंकले झरेका छन । अन्य समूह २.६१ अंकले बढेको छ भने होटल समूह सामान्य उकालो लागेको छ ।

यसदिन नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी कारोबार भएको छ । त्यस्तैगरी स्ट्याण्र्डड चार्टर्ड र हिमालयन जनरल इन्स्योरेन्सको पनि बढी कारोबार भएको छ । यसदिन पोखरा फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्सले यसदिन कमाएको छ । भने एभरेष्ट बैंकका संस्थापक, कन्काई विकास, गुराँस लाइफ, सप्तकोशी डेभलपमेन्ट बैंक, एभरेष्ट इन्स्योरेन्स तथा हाम्रो विकास बैंक लगायतका लगानकर्ताहरुले गुमाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?