काठमाडौं । स्वरोजगार लघुवित्त विकास बैंकले जारी गरेको दुई वराबर एकको अनुपातमा हकप्रद सेयरका लागि आजसम्म आवेदन दिन सकिनेछ । जेठ १७ गतेसम्म कायम सेयरधनीका लागि बैंकले उक्त हकप्रद जारी गरेको हो ।
हकप्रदका लागि निश्कासन तथा विक्री प्रवन्धक एनएमबी क्यापिटलका साथै एनएमबि क्यापिट नागपोखरी, एनएमबि बैंकका शाखा कार्यलयहरु तिनकुने, सुयविनायक, कुमारीपाटी, बनेपा, बुटवल, महेन्द्रनगर, धरान, विराटनगर, सुर्खेतरोड नेपालगञ्ज, धनगढी, पोखरा वीरगंज, भानुचोक जनकपुर, चितवन र विर्तामोड र स्वरोजगारका सबै शाखाबाट आवेदन दिने व्यवस्था मिलाइएको छ ।
हाल छ करोड ९९ लाख ९९ हजार रुपैयाँ पुँजी रहेको बैंकलको हकप्रद शेयर बिक्री गरेसँगै बैंकको पूँजी १० करोड ४९ लाख रुपैयाँ पुग्ने छ।
प्रतिक्रिया