वि.सं. २०८३ कार्तिक २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रदेशसभा उमेदवार विष्णु खत्री सुन तस्करीमा संलग्न भएको आशंका, उनीमाथि निगरानी गर्दै प्रहरी

प्रदेशसभा उमेदवार विष्णु खत्री सुन तस्करीमा संलग्न भएको आशंका, उनीमाथि निगरानी गर्दै प्रहरी
अर्थटुडे
२०७४ कार्तिक २३, बिहीबार
काठमाडौं । सुन तथा रक्तचन्दनका कारोवारमा भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल संलग्नता पुष्टि भएपछि उनका कारोवार साझेदारहरु पनि खुल्ने क्रममा रहेको प्रहरीस्रोतले जनाएको छ । लामोसमयदेखि पौडेल संग कारोवारमा रहेका खासा ब्यापारीका रुपमा ख्याती पाएका बिष्णु खत्री पनि शंकाको घेरामा रहेको प्रहरीस्रोतले जनाएको छ ।

२०६४ भदौमा छ टन रक्त चन्दन दिउसै खासा तर्फ लगेर गोलीसमेत चलाएको यो समूहले त्यसपछि पटकपटक रक्तचन्दनको कारोवार गरेको थियो । रक्तचन्दनपछि सुनको कारोवारमा लागेको यो समूहको मुख्य योजनाकार भने खत्री रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । तर, खत्री हाल नेपाली काँग्रेसका तर्फवाट सिन्धुपाल्चोकको प्रतिनिधिसभा अन्तर्गत प्रदेशसभा एकको उम्मेदवार भएका कारण पनि यो खवर वाहिर आउन सेकेका छैन । बिगतदेखि नै खराव पृष्ठभूमिका खत्रीले नेपाली काँग्रेसका नेता मोहनवहादुर बस्नेतको योजानमा तस्करी गर्दै आएका थिए ।

ब्यापारिक रणनीतिक योजनाकारका रुपमा आफूलाई प्रस्तुत गर्ने खत्री वाहिर भने अरुलाई देखाउने गर्दथे । बिगतमा डलर तस्करी काण्डमा पनि मुसिएका खत्रीले चलाखी गर्दै आफूलाई वचाउने गरेको उनका नजिकका सहयोगीहरु वताउने गर्दछन् । सामान्य परिवारमा हुर्केका खत्रीले थोरै समयमा नै अरबौं रुपैयाँ कमाएपछि उनी पटक पटक सम्पति शुद्धिकरणको निशानामा परेका ब्यक्ति हुन् । तर, राजनीतिक दवावमा उनको यो मुद्धा त्यत्तिक्कै थन्कने गरेको जानकारहरु वताउँछन् ।
पछिल्लो समय सुन तस्करी काण्डमा उनको नाम आउने भएपछि लामो समयदेखि चीनको बिभिन्न शहरमा बस्दै आएका खत्री चुनावको मिति घोषणा हुँदै गर्दा नेकपा(एमाले)मा प्रवेश गर्न तयार भएका थिए । तर, सूचना तथा सञ्चारमन्त्री मोहनवहादुर बस्नेतले पुराना तस्करीका मुद्धा बिउताईदिन्छु भनेर धम्की दिएपछि उनी नेपाली काँग्रेसमा नै थामिएका ब्यक्ति हुन् ।

स्थानीय निर्वाचनका वेला पनि बिरक्तिएर वसेका खत्रीलाई मोहनवहादुर वस्नेतका भाई तथा नेपाली काँग्रेसका क्षेत्रीय सभापति बालकृष्ण वस्नेतले गोली हान्ने धम्की दिएका दिएका थिए । दाजुलाई असहयोग गरेमा बिगतका कर्तुतको पर्दाफास हुने र गोलीसमेत खानु पर्ने धम्की पाएपछि खत्रीले नेपाली काँग्रेस नछोडेका उनका निकटहरु वताउँछन् । खास ब्यपारिक कारोवार नभएको खत्रीको पृष्ठभूमि नै तस्करी कारोवार नै हो ।

आफूलाई सवैको अगुवा ठान्ने खत्रीले अरुलाई प्रयोग गर्दै तस्करी गर्दै आएको उनी संग काम गरेका एक ब्यापारीले वताए । सुन तस्करीका वारे समातिएका मान्छेहरुले सही कुरा वाहिर ल्याएमा खत्री पनि पक्राउ पर्ने ती ब्यवसायीको भनाई छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?