वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मर्मतका लागि मध्यमस्र्याङदी १० दिन बन्द हुने

मर्मतका लागि मध्यमस्र्याङदी १० दिन बन्द हुने
अर्थटुडे
२०७४ फाल्गुन ६, आईतवार

काठमाडौं । ७० मेगावाट जडित क्षमताको मध्यमस्र्याङदी जलविद्युत केन्द्र मर्मतका लागि १० दिन बन्द हुने भएको छ । केन्द्रको बाँधको वायाँ तर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनाको मर्मतकालागि १० फागुनबाट बन्द गर्न लागिएको आयोजनाले जनाएको छ ।

मध्यमस्र्याङदीको विद्युत उत्पादन बन्द भएपनि यसका कारणले आम उपभोक्तालाई लोडसेडिङ गर्नु नपर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । तर यसका कारणले प्रणालीमा कुनै समस्या आएमा विद्युत आपूर्ति कहीकतै कुनै समय अवरुद्ध हुन सक्ने उनको भनाइ छ ।

“यस अवधिमा लोडसेडिङ हुन नदिन कुलेखानी पहिलो र दोस्रो विद्युत गृह पूर्ण क्षमतामा चलाउने लगायतका वैकल्पिक व्यवस्थाको बन्दोवस्ती गरिसकेका छौं ।” घिसिङले भने । उनकाअनुसार, कुलेखानी जलाशयमा पानीको सतह १५२१.९८.मिटर छ, जुन गतवर्षको यही अवधिको तुलनामा करिव ३ं.८३ मिटर बढी हो । कुलेखानी पहिलोबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगावाट विद्युत उत्पादन हुन्छ ।

पानीले क्षति पुर्याएको बाँधको वार्यातर्फको भाग ।

मध्यमस्र्याङदीको बाँधको वायाँतिरको भागमापानीले हिर्काएर खोतल्दा पहिले बनाइएको संरचनामा क्षतिपुगेको छ । थप क्षति हुन नदिन मर्मत गर्न लागिएको केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिए । “गतवर्ष नै मर्मत गर्न लागेका थियौं तर भार प्रेषण केन्द्र (एलडिसी)बाट विद्युत व्यवस्थापनमा गाह्रो हुने बताएपछि रोकिएको थियो” उनले भने । “यस वर्ष पनि गरिएन भने थप क्षतिपुग्ने देखिएपछि सातदिन भित्रमर्मत सक्ने गरी एलडिसीबाट सट डाउन पाएका छौं ।” गौतमकाअनुसार, मर्मतको काम २४ सै घण्टा तीन सिफ्टमा सञ्चालन हुने छ ।

केन्द्रबाट विद्युतको माग बढी हुने साँझ र विहान (पिकआवर)मा ७० मेगावाट र अन्य समयमा करिव ३० मेगावाट विद्युत उत्पादन हुन्छ । मध्यमस्र्याङदी अर्ध जलाशययुक्त (पिकिङ रन अफ रिभर) आयोजना हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?