वि.सं. २०८३ कार्तिक २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन काण्डमा डिएसपी केसी पक्राउ

सुन काण्डमा डिएसपी केसी पक्राउ
अर्थटुडे
२०७५ बैशाख १६, आईतवार

काठमाडौं । सुन तस्करी काण्डमा डिएसपी प्रजित केसी पक्राउ गरेको छ । डिएसपी केसी साढे ३३ किलो सुन गायब प्रकरणमा हत्या गरिएका सनम शाक्यको शब बरामद अपराध महाशाखाको तत्कालिन टोलीका डिएसपी हुन् ।

घटनाको अनुसन्धान गर्न गठित समितिले केसीलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय, मोरङ बोलाएको थियो र बयानका लागि उनी मोरङ पुगेका थिए तर उनको बयान चित्तबुझ्दो नभएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनीमाथि जिल्ला अदालत, मोरङबाट कर्तव्य ज्यान र संगठित अपराधमा ३ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।

यसअघि गत १८ फागुनमा केसी नेतृत्वको प्रहरी टोलीले बिराटनगरको पोखरियामा गाडीको डिकीबाट सनम शाक्यको शव बरामद गरेको थियो ।

उनीहरुले साढे ३३ केजी सुनका मालिक भनिएका चुडामणि उप्रेतीलाई खोज्दै धरान र बिराटनगरसम्म पुगेको बताउँदै आएका छन् ।

टोलीमा रहेका सई बालकृष्ण सञ्जेललाई पनि प्रहरी नियन्त्रणमै छन् । उनीहरुलाई बिराटनगर पठाउने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहोनी पनि प्रहरी प्रधान कार्यालय तानिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?