वि.सं. २०८३ कार्तिक २५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमा बैंकका कार्ड प्रयोगकर्तालाई भारतमा उपचार गर्न ५ % छुट

सानिमा बैंकका कार्ड प्रयोगकर्तालाई भारतमा उपचार गर्न ५ % छुट
अर्थटुडे
२०७६ बैशाख ४, बुधबार

काठमाडौं । सानिमा बैंक र म्याक्स हेल्थकेयर ईन्स्टिच्युटबिच स्वास्थ्य उपचार सुविधा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले म्याक्स हेल्थकेयरमा साझेदार रहेका उत्तर भारतका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन् । यस्तै बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ५ प्रतिशत सम्म छुट पाउँन सक्नेछन् ।

यससम्बन्धी सम्झौता पत्रमा बैंकका प्रमुख डिजिटल बैंकिंङ बिक्रम श्रेष्ठ र म्याक्स हेल्थ केयर ईन्स्टिच्युटका सेल्स तथा मार्केटिंङका उप–प्रबन्धक, सुरज जोसेफले हस्ताक्षर गरे ।

म्याक्स हेल्थकेयर भारतको दिल्लीमा अवस्थित स्वास्थ्य उपचार सम्बन्धि सेवा दिने चेन संस्था हो । हाल, यस संस्थाको १४ वटा साझेदार अस्पतालहरु छन् ।

 

सम्झौतापछि सानिमा बैंक र म्याक्स हेल्थकेयर ईन्स्टिच्युटका उच्च अधिकारीहरु ।


 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?