काठमाडौ ‐सरकारले सहुलियपुर्ण कर्जामा दिने व्याज अनुदान बन्द गरेको छ । राजस्व असुली कम हुदा संचालन खर्च धान्न नै कठिन भएपछि सरकारले यस्तो निर्णय गरेको हो । यो केही समयको लागि भएको अर्थमन्त्रालयले जनाएको छ ।
सरकारले नेपाल राष्ट्र बैंक मार्फत बैंक तथा वित्तिय संस्थाले प्रदान गर्ने सहुलियपुर्ण कर्जाको लागि व्याज अनुदान दिदै आएको थियो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षमा पत्रकारहरुसँग कुराकारी गर्दै सरकारले सहुलियतपुर्ण कर्जा नयाँ प्रबाह नगर्नका लागि आग्रह गरेको जानकारी दिए । उनले भने‘सरकारसँग रकम कम भएपछि सरकारले सहुलियतपुर्ण नयाँ कर्जा प्रबाह नगर्नका लागि अनुरोध गरेको छ । यो केही समयको लागि हो ।’
तर अहिलेसम्मको प्रबाह भएको कर्जाको हकमा भने अनुदान निरन्तर हुने पनि श्रेष्ठले स्पष्ट पारे ।
नेपाल राष्ट्र बैंकका अनुसार सरकारले १० प्रकारको कर्जामा व्याज अनुदान दिदै आएको थियो । महिला उद्यमी कर्जाको हकमा भने ६ प्रतिशत व्याज अनुदान दिने गरेको छ । तर हाल सरकारसँग खर्चका लागि रकम नहुदा सहुलियतपुर्ण कर्जा रोक्नका लागि राष्ट्र बैंक मार्फत बैंक तथा वित्तिय संस्थासँग आग्रह गरिएको हो । तर अहिलेसम्मको प्रबाह भएको कर्जाको हकमा भने अनुदान निरन्तर हुने पनि श्रेष्ठले स्पष्ट पारे ।
हाल सरकारले कृषि, महिला उद्यमशिल, विदेशबाट फर्केका युवाहरुको लागि, शैक्षिक प्रमाणपत्र धितो कर्जा, दलित युवा व्यवसायी कर्जा, उच्च प्राविधिक तथा व्यवसायिक कर्जा, भुकम्प पिडितहरुलाई प्रदान गरिने घरकर्जा, टेक्साइल उद्योगलाई दिइने कर्जा, सिटिभिटिबाट सम्बन्धन प्राप्त संस्थाहरुलाई दिने कर्जा र स्वरोजगार युवा कर्जा गरी १० प्रकारका कर्जामा व्याज अनुदान दिदै आएको थियो ।
ति कर्जाहरुमध्ये कृषि र महिला उद्यमशिल कर्जामा बाहेक अन्य कर्जाको माग भने सन्तोषजनक थिएन । नेपाल राष्ट्र बैंकको विवरण अनुसार हालसम्म विभिन्न बैंक तथा वित्तिय संस्थाबाट व्याज अनुदान सम्बन्धी कर्जा २ खर्ब १० अर्ब ४ करोड ५२ लाख रुपैयाँ कर्जा प्रबाह भइसकेको छ । अर्थमन्त्रालयका अनुसार अहिले असहज व्यवस्था भएकोले यो कदम उठाउनु परेको र केही सहज अवस्था भएपछि सो कार्यक्रमहरु निरन्तर हुने छ ।
प्रतिक्रिया