वि.सं. २०८३ कार्तिक २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

छानबिन समितिको प्रतिवेदनपछि बीमा प्राधिकरण अध्यक्ष शरद ओझा पदमुक्त

छानबिन समितिको प्रतिवेदनपछि बीमा प्राधिकरण अध्यक्ष शरद ओझा पदमुक्त
अर्थटुडे
२०८२ भाद्र ३, मंगलवार

काठमाडौं । सरकारले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझाको योग्यता, अनुभव र कार्यक्षमतामाथि उठेका प्रश्नका आधारमा उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो।

गत वर्ष फागुन १२ गते सरकारले ओझालाई बीमा कम्पनीहरूको नियामक निकाय, बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। तर, नियुक्तिपछि नै उनको शैक्षिक योग्यता, सम्बन्धित क्षेत्रमा अनुभव र दक्षता सम्बन्धी विवाद चर्किएको थियो ।

ओझाले अनुभवको नक्कली प्रमाणपत्र पेश गरी नियुक्ती लिएको खुलेपछि यसै विषयमा सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले करिब तीन महिनाको अनुसन्धानपछि आइतबार प्रतिवेदन बुझाउँदै ओझाको योग्यता बीमा प्राधिकरणको अध्यक्ष बन्न पर्याप्त नभएको निष्कर्ष निकालेको थियो ।

छानविन समितिले बीमा क्षेत्रको प्राविधिक ज्ञान, नियामकीय अनुभव र आवश्यक दक्षता अझै हासिल गर्नुपर्ने सुझाव पनि दिएको छ । बीमा ऐनमा अध्यक्षका लागि व्यवस्थापन, अर्थशास्त्र, कानुनमा स्नाकोत्तर उर्तिण तथा सम्बन्धीत क्षेत्रमा ५ वर्षको अनुभव हुनुपर्ने प्रावधान छ ।

ओझाले अनुभवमा चाणक्य मिडिया कम्पनी प्रालीमा बरिष्ठ प्रबन्धक भइ काम गरेको प्रमाण पेश गरेपनि उक्त प्रमाण नक्कली भएको छानवीनका क्रममा खुलेको छ ।

सरकारको यो निर्णयसँगै अब बीमा प्राधिकरण नयाँ नेतृत्वविहीन बनेको छ । बीमा क्षेत्रका विज्ञले द्रुत गतिमा नयाँ नेतृत्व चयन गरी संस्थागत सुधार र नियमनलाई निरन्तरता दिन सरकारलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?