वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विहिबारको नकारात्मक सर्किटले तर्सिए अर्थमन्त्री

केसीको संयोजकत्वमा चार सदस्यीय पुँजीबजार अध्ययन कार्यदल गठन

केसीको संयोजकत्वमा चार सदस्यीय पुँजीबजार अध्ययन कार्यदल गठन
अर्थटुडे
२०८२ आश्विन ३, शुक्रबार

काठमाडौ । पुँजीबजारमा भएका विकसित विसङ्गति तथा समस्या अध्ययन गर्न नेपाल धितोपत्र बोर्डका कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन भएको छ ।

कार्यदलमा नेपाल राष्ट्र बैंकका बोर्ड सचिव समेत रहेका निर्देशक शरण अधिकारी, नेप्सेका कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल सदस्य छन् । कार्यदलको सदस्यसचिवमा अर्थमन्त्रालयका उपसचिव शरद निरौला छन् ।
शुक्रबार अर्थमन्त्री रामेश्वर खनालले पाँचदिनभित्र सुझाव तथा कार्यान्वयन कार्ययोजना पेश गर्नेगरी पुँजीबजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गरी सो कार्यदल गठन गरिएको अर्थमन्त्रालयका सहसचिव समेत रहेका प्रवक्ता टंक प्रसाद पाण्डेयले बताए । अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीस्तरीय निर्णय मार्फत उक्त कार्यदल गठन गरेका हुन् ।

विहिबार बजार ६ मिनेटमा नै तीन पटक नकारात्मक सर्किट लागेर बजार बन्द भएको थियो । बजार बन्द भएपछि लगानीकर्ताहरु दिउसो सेवोन घेर्न गएका थिए ।

बजारको विसङ्गति तथा समस्या अध्ययन गर्ने भनेपनि सेयर बजारमा तत्कालीन सकारात्मक सन्देश दिने उदेश्यले उक्त कार्यदल बनाएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?