काठमाडौ । जेन‐जी आन्दोलनमा दमन गरिएको भन्दै सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ ।
जेन–जी आन्दोलन दमनवारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणी दवाडी,राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई विदेश दान रोक लगाएको हो ।
गृह मन्त्रालयले उनीहरुलाई अनुमतीविना काठमाडौं उपत्यका बाहिर जान समेत नपाउने गरी रोक लगाएको छ । गत २३ भदौको जेन–जी आन्दोलनमा प्रहरीले घातक हतियारहरु प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो ।
संघीय संसद भवनतिर जान नदिने गृहमन्त्रालयको आदेशपछि काठमाडौका प्रमुख जिल्ला अधिकारी छवि रिजालले गोली चलाउन आदेश दिएका थिए । सोही क्रममा १९ जनाको गोली लागेर मृत्यु भएको थियो भने ४०० भन्दा बढी घाइते भएका थिए ।
प्रतिक्रिया