काठमाडौ । प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेका छन् । प्रभु ग्रुपसँग सम्बन्धीत आर्थिक हिनामिनामा उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी)ले पक्राउ गरेको हो । भट्टचन विरुद्ध प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले ९८ करोड रुपैयाँ ठगी गरेको आरोपसहित प्रहरीमा जाहेरी दिएको लामो समयपछि मात्र उनी पक्राउ परेका हुन् ।
नेकपा एमाले संसाद समेत रहेका भट्टचनलाई यसअघि नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले जोगाएको थियो । प्रभु म्यानेजमेन्टकी अध्यक्ष लामाले केही महिनाअघि नै भट्टचन विरुद्ध जाहेरी दिएकी थिइन् । तर, उक्त जाहेरी लामो समय प्रहरी कार्यालयमा अलपत्र परेको थियो ।
भट्टचन प्रभु बैंकका पुर्व अध्यक्ष समेत हुन् । उनलाई प्रभु बैंकमा छदा संस्थागत सुसासन कायम नगरेको आरोपमा नेपाल राष्ट्र बैंकले जरिवाना पनि तिराएको थियो । उनी सहकारी ठगी प्रकरणमा पनि मुछिएका व्यक्ति हुन् ।
प्रतिक्रिया