वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चरम आर्थिक संकटमा सहकारी महासंघ, कर्मचारीको खर्च धान्न कठिन

चरम आर्थिक संकटमा सहकारी महासंघ, कर्मचारीको खर्च धान्न कठिन
अर्थटुडे
२०८२ कार्तिक २५, मंगलवार

काठमाडौं । सहकारी अभियानको सर्वोच्च छाता संगठन राष्ट्रिय सहकारी महासंघ आफै चरम आर्थिक संकटमा परेको छ । महासंघको कमजोर आम्दानी र अधिक खर्चका कारण महासंघमा आर्थिक संकट पर्दै गएको हो ।

महासंघले गत आर्थिक वर्षमा एकैपटक तीन जना उच्च तहका कर्मचारीको विदाई गरेको छ । महासंघबाट बाहिरिएका तीन कर्मचारीको उपदान वापत महासंघले करिब डेढ करोड रुपैयाँ खर्च गरेको छ । कर्मचारी उपदानका लागि पर्याप्त रकम नछुट्याएको महासंघले नियमित खर्च तथा कोषको रकमबाट खर्च गर्दा महासंघ आर्थिक रुपमा अप्ठेरो अवस्थामा पुगेको छ ।

महासंघको कर्मचारी नियमावली नै संसोधन गराएर गैरकानुनी रुपमा महाप्रवन्धकको नियुक्ती लिएकी चित्राकुमारी सुब्बाले सञ्चालक समितिसँग विवाद बढेपछि २०८१ माघदेखि लागू हुनेगरी राजिनामा दिएकी थिइन् । स्थायी कर्मचारीका रुपमा महाप्रवन्धकको नियुक्ती लिएकी उनले अवकाससँगै उपदान वापत ७२ लाख रुपैयाँ रकम बुझेकी छिन् ।

सुब्बाको राजिनामासँगै महासंघले खुल्ला प्रतिस्पर्धाबाट महासंघभित्रै तेस्रो बरियतामा रहेका सुरेश थापालाई महाप्रवन्धक बनाएको थियो । थापाको नियुक्तीसँगै दोस्रो बरियतामा रहेका नायव महाप्रवन्धक बाबुल खनालले उच्च अदालत पाटनमा रिट दायर गरे ।

अदालतबाट मुद्दा दायर गरेपछि बिदामा बसेका खनाल रिट खारेज भएसँगै महासंघबाट राजिनामा दिएर अवकास लिए । उनले पनि उपदान वापत ५२ लाख रुपैयाँ बुझेका छन् । खनालको नियुक्तीलाई छेक्नकै लागि महाप्रवन्धकमा अघि सारिएका थापाले पनि लगत्तै राजिनामा गरेका थिए । उनले पनि उपदान वापत १४ लाख रुपैयाँ लगेका छन् ।

कर्मचारी उपदानवापत वापत ठूलो दायित्व सिर्जना गरेर महासंघले यस कोषमा रकम भने राख्ने गरेका थिएन । महासंघको लेखा समितिले नै उपदान कोषमा पर्याप्त रकम नराखेको भन्दै यसमा रकम राख्न निर्देशन दिदै आएको छ ।

‘महासंघको विद्यमान कर्मचारी प्रशासन कार्यविधि र आर्थिक प्रशासन कार्यविधि वमोजिम कार्यरत स्थायी कर्मचारीहरूलाई उपदान व्यवस्था रहेकोमा कोषमा पर्याप्त रकम छैन’ लेखा समितिको प्रतिवेदनमा भनिएको छ, ‘रकम कर्मचारीको उपदानको निमित्त पर्याप्त नभएको हुँदा तत्सम्वन्धमा आवश्यक निर्णय गरी आवश्यकता अनुसारको रकम व्यवस्था गर्न यस सम्मानित साधारण सभामा पूनः ध्यानाकर्षण गराउदछौं ।’

सहकारी महासंघले सदस्यता शुल्कका अतिरिक्त सरकारी निकाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ निकायबाट सहयोग लिने गरेका छ । यस्तै महासंघले तालिम तथा कार्यक्रमबाट समेत आन्दानी गर्दै आएको छ ।

तर, महासंघमा चरम वेथिती तथा अनियमितता रहेको, साझेदारी कार्यक्रमहरुमा कमिसनको खेल हुने गरेको, संचालकहरुको खर्च अधिक रहेका कारण आर्थिक रुपमा धराशायी हुदै गएको स्रोतको दावी छ । अन्तरर्राष्ट्रिय निकायहरुले दिएको पुँजी समेत दुरुपयोग भएको स्रोतले जानकारी दिएको छ ।

 

 

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?