वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घ्यु तेलका व्यापार कहाँनीले सकारात्मक बन्दै निर्यातको तथ्यांक

५० अर्बको आयात, पौने ४५ अर्ब निर्यात

५० अर्बको आयात, पौने ४५ अर्ब निर्यात
अर्थटुडे
२०८२ मंसिर ७, आईतवार

काठमाडौ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा निर्यात ७७.५१ प्रतिशतले बृद्धि भएर ९३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार यो गत आर्थिक बर्षको पहिलो चार महिनामा ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको बस्तु निर्यात भएको थियो ।

विभागका अनुसार निर्यातसँगै यस आर्थिक बर्षको पहिलो चार महिनामा आयात पनि बढेको छ । चालु आर्थिक बर्षको चार महिनामा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा १८.७१ प्रतिशत धेरै हो । गत आर्थिक बर्षको पहिलो चार महिनामा ५ खर्ब १३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

चालु आर्थिक बर्षको पहिलो चार महिनामा देशको व्यापारघाटा ११.९९ प्रतिशतले बढेर ५ खर्ब १५ अर्ब ९५ करोड पुगेको छ । गत बर्षको सोही अवधिमा देशको व्यापारघाटा ४ खर्ब ६० अर्ब ७१ करोड रुपैयाँ रहेको थियो ।

कात्तिक मसान्तसम्म सवैभन्दा बढी पेट्रोलियम पदार्थको आयात ९२ अर्ब ४२ करोड रुपैयाँ बराबरको रहेको देखिएको छ भने खाद्य घ्यू–तेलजन्य पदार्थ आयात ५० अर्ब १७ करोड रुपैयाँ बराबर भएको देखिन्छ ।

त्यस्तै आइरन र स्टिलको आयात ४४ अर्ब २३ करोड रुपैयाँको भएको छ भने इलेक्ट्रिकल मेसिनरी तथा उपकरण आयातमा ४३ अर्ब ३८ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

निर्यातमा सबैभन्दा धेरै हिस्सा घ्यू–तेलको देखिन्छ । जुन ४४ अर्ब ७० करोड रुपैयाँ हाराहारी छ । कफी, चिया तथा मसलाको निर्यात ५ अर्ब ९१ करोड रुपैयाँ बराबरको भएको छ । नेपालको वैदेशिक व्यापारमा सबैभन्दा ठूलो हिस्सा भारतले ओगटेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?