काठमाडाै । सरकारले पाँच लाख रूपैयाँ भन्दा माथिकाे काराेबार नगदमा गर्न नपाइने व्यवस्था गरेकाे हाे । साेमबार बसेकाे मन्त्रीपरिषद् बैठकले माघ १ गतेदेखि लागु हुनेगरी साे निर्णय गरेकाे हाे । मन्त्रिपरिषदले १ पटकमा ५ लाखसम्मको वस्तु तथा सेवाको कारोबार नगदमा गर्न नपाइने व्यवस्था गरेको हो ।
सरकारको निर्णयअनुसार आगामी माघ १ गतेदेखि एकपटकमा ५ लाख रूपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने व्यवस्था गरेकाे हाे ।
यसअघि १० लाख रूपैयाँ भन्दा बढीकाे रकम मात्र अनिवार्य बैकिङ प्रणााली मार्फत गर्नुपर्ने व्यवस्था गरेकाे थियाे । अहिले नेपाल ग्रे लिष्टमा परिरहेको र सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थामा सुधार ल्याउनका लागि सरकारले यस्तो व्यवस्था गरेको हो । यो व्यवस्थासँगै नगद कारोबार कम भई थप पारदर्शिता हुने पनि सरकारको विश्वास छ ।
प्रतिक्रिया