वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेफ्स्कून अप्ठेरो अवस्थाबाट ‘युटर्न’ गरी सकारात्मकता तर्फ फर्किएको छ

नेफ्स्कून अप्ठेरो अवस्थाबाट ‘युटर्न’ गरी सकारात्मकता तर्फ फर्किएको छ
अर्थटुडे
२०८२ मंसिर २५, बिहीबार

कमजोर संस्थागत शुसासन, उच्च खराब कर्जा र नियम अनुसार पर्याप्त जोखिम व्यवस्था नगर्दा बचत तथा ऋण सहकारीहरुको केन्द्रीय छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) दुई वर्षअघि चुनौतीपूर्ण अवस्थामा पुग्यो । संघको भविश्य नै के हुने अवस्थामा नेतृत्वमा आएका अध्यक्ष चन्द्रप्रसाद ढकाल आफ्नो कार्यकालमा डे–वान देखि कार्यतालिका बनाएर सुधारमा लागेको र विस्तारै त्यसले प्रतिफल दिने अवस्थामा पुर्याएको बताउँछन् । कार्यकालको २ वर्षे अवधिमा प्रोभिजनिङदेखि गैर–बैंकिङ सम्पत्ति व्यवस्थापन, खर्च कटौती, सुशासन र प्रविधिकरणमार्फत नेफ्स्कूनलाई पुनः उन्मुख गराउन महत्वपूर्ण काम गरेको उनको दावी छ । नेफ्स्कून ओरालोबाट फर्किएर सकारात्मक गतिमा अघि बढिरहेको दाबी गर्दै उनले अर्थटुडेसँगको कुराकानीको क्रममा सहकारी नियामक संरचनाको कडाइलाई स्वागत गर्दै आगामी दिनमा संघलाई अझ ‘स्मार्ट र सक्षम’ बनाउने लक्ष्य प्रस्तुत गरेका छन् ।

नेफ्स्कूनको अध्यक्षमा तपाईका दुई वर्ष पूरा हुँदैछन् । आफ्नो नेतृत्वकालको उपलब्धि कसरी मूल्यांकन गर्नुहुन्छ ?

म नेफ्स्कूनमा लामो समय महासचिव र वरिष्ठ उपाध्यक्षका रूपमा काम गरिसकेको व्यक्ति भएकाले बचत तथा ऋण सहकारी अभियान र नेफ्स्कूनको ‘स्पिरिट’ तथा आन्तरिक संरचनालाई राम्रोसँग बुझ्छु भन्ने धारणा थियो । तर, अध्यक्ष बनेपछि मात्र केही आन्तरिक व्यवस्थापन प्रणालीहरू कमजोर रहेछन् भन्ने तथ्य बुझ्न पाए । मूल नेतृत्वमा नभइकन त्यस्ता कुराहरु थाहा नहुने रहेछ । नेफ्स्कूनको आर्थिक अवस्था ‘फल­डाउन’ भएका कुरा बाहिरबाट, विशेषगरी सञ्चारमाध्यबाट नै थाए पाएको हो । त्यसैले म अध्यक्षमा आएपछि नेतृत्वको हैसियतले त्यो अवस्था सुधार्नु नै आफ्नो पहिलो जिम्मेवारी ठानेँ । ‘डे–वन’ देखि नै क्यालेन्डर नै बनाएर संघलाई सुधार्ने उद्देश्यले नै काम सुरु गरे । नेतृत्व गरेको पहिलो वर्षकै साधारण सभाबाट सुधार प्रक्रियालाई तीव्र बनायौँ । अहिले दोस्रो साधारणसभा गर्ने अवस्थासम्म आइपुग्दा नेफ्स्कून भित्र र साकोस अभियानमा आन्तरिक तथा बाह्य रुपमा हामीले धेरै उपलब्धीहरु हासिल गरिसकेका छन् । सदस्यहरु विस्तारै त्यसको महशुस गर्नुहुन्छ ।

उपलब्धीहरु के–के हुन् त ?

दुई वर्षअघिसम्म नेफ्स्कूनले करिब ६ अर्ब रुपैयाँ बराबरको प्रोभिजनिङ नगरेको कुरा आएको थियो । आजको अवस्थामा हामी नियम अनुसार पर्याप्त प्रोभिजन गर्ने स्थितिमा छौँ । संघको ऋण असुलीसँगै गैर बैंकिङ सम्पत्ति व्यवस्थापनलाई पहिलो प्राथमिकता बनाएको छ । गैर बैंकिङ सम्पति बिक्रीका लागि कार्यविधि निर्माण गयौं, छुट्टै समिति बनाएका छौं । यसका लागि विज्ञ राखेर काम गर्नुपर्छ भनेर नीतिगत निर्णय गरिसकेको अवस्था छ । आजको दिनमा नेफ्स्कून प्रोभिजनल्ली सबै कुराहरु फिट एड प्रोपर छ । गैर बैंकिङ सम्पत्ति व्यवस्थापन गर्ने विषय हामी उच्चतम तयारीमा रहेको परिस्थितिले गर्दा अब नेफ्स्कूनको गाडी अप्ठेरो अवस्थाबाट युटर्न गरी पोजेटिभनेस तिर फर्किएको छ । हिजो ओरालो तिर थियो भने आफ्नो पोजिसनमा जानका लागि फर्केको परिस्थिति छ, यो साधारण सभाले नयाँ गन्तव्य दिन्छ । अर्को विषय साथीहरुले सधै नेफ्स्कूनसँग आफ्नो प्रविधि भएन, अरुकै प्रविधिमा डिपेन्डेन्ट हुनुप¥र्यो भनेर प्रश्न उठाइरहनुहुन्थ्यो । यतिबेला हामीले विकास गरेको इन्टरप्राइजेज रिसोर्स प्लानिङ (इआरपी) प्रविधिलाई बजारमा ७ सय भन्दा बढी संस्थाहरुले अपनत्व लिइसकेका छन् । त्यसका प्रयोगकर्ता ५ हजार भन्दा बढी छन् । सहकारी अभियानलाई आवश्यक प्रविधि आफ्नै नेटवर्कबाट उपलब्ध गराउन हामी सक्षम छौं । हामीले सथप ग्रहण गर्दै गर्दा सहकारीभित्र कर्जा सुचना केन्द्र, ऋण असुली न्यायाधिकरण, कर्जा सुचना केन्द्र, बचत तथा ऋण सुरक्षणका जस्ता पूर्वाधारहरु कार्यान्वयनमा थिएनन् । अहिले बचत तथा ऋण सहकारीहरुको नियमनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना भई संस्था अभिलेखीकरणको प्रक्रिया समेत सुरु भएको छ । कर्जा असुली न्यायाधिकरणमा धेरै मुद्दाहरुको पुगिसकेका छन् । कर्जा सुचना केन्द्रभित्र सहकारीका लागि छुट्टै आफ्नो विभाग बनाएर काम सुरु भइसकेको छ । बचत तथा ऋण सुरक्षणको प्रक्रिया पनि अघि बढ्दैछ । यी कामहरु अघि बढाउन पनि नेफ्स्कूनको भूमिका छ । नेफ्स्कूनसँग रहेको स्थिकरण कोषलाई हिजोका दिनमा भन्दा प्रभावकारी बनाउन कार्यविधि परिवर्तन गरेका छौं । संस्थाहरुको २५ करोड रुपैयाँ भन्दा जम्मा भएको छ, जसको ब्याजमा आएको पैसा सहकारी प्रवद्र्धनका लागि खर्च गर्ने व्यवस्था गरेका छौं । अब नेफ्स्कूनले गर्ने केही प्रवद्र्धनका कामहरु शुल्करहित ढंगले जाने भनेर मापदण्ड पनि बनाएका छौं ।

साधारणसभामा दुइटा विकल्प मैले लिएर गएको थिए । हामीसँग पर्याप्त पैसा चाहिँ छैन, हामी अघिल्लो पटकको जुन मारमौरीमा परिराख्या छौ र पनि हामीले रिकभरी गरेर जादा १२/१३ करोड नाफा देखिएको छ । योसँगै हामीसँग समस्याहरु पनि छन्, तपाईहरुले स्वीकृति दिनुहुन्छ भने सबै पैसा यसलाई प्रोभिजनकै रुपमा राखेर लिएर जाउँ, हामीले नै प्रोभिजन भनेर प्रस्ताव गरेर ल्याएनौं, अडिटरले पनि यसरी नै सल्लाह दिएको हो । साधारणसभामै साथीहरुले जे जति हुन्छ अहिले वाडफाड गरौं, अर्को पटक पनि हामी सघाउछौं भनिसकेपछि त्यही कुरालाई हामीले माइन्युट गर्यौ । 

यतिबेला हामी नेफ्स्कूनको आफ्नै भवनमा बसेर छलफल गरिरहेका छौं । हामीले मासिक १० लाख रुपैयाँ कार्यालयको भाडा बचाएको अवस्था छ । संघमा धेरै अफिसहरु, तरलताको थुप्रो मात्रै राखेर बचतको ब्याज दिन पनि बचतै उठाउनु पर्ने परिस्थितीलाई अन्त्य गर्न हाम्रा आन्तरिक खर्च घटाउने अभियानमा छौं । अफिसहरुलाई मर्जर गरी घटाउने क्रममा छौं । खर्च कटौतीको लागि आइसीए र ओक्कुको सदस्यता पनि छोडेका छौं । भित्रका फाइनान्सियल एक्सपेन्सहरुलाई घटाएका छौं । समग्रमा भन्दा हिजको तुलनामा हाम्रो आन्तरिक खर्च ५० प्रतिशतले घटाएका छौं । सहकारी नियमन प्राधिकरणले बचत ऋणको मुख्य कारोबारको विषयलाई फोकस गरेर गइसकेपछि अब हामीले पनि संस्थाहरुलाई नियमन गर्नुपर्छ, संघ आफैले अनलाइन/अफलाइन र अनुसाइट अनुगमन गरेर संस्थाहरुको व्यवस्थित बनाउनुपर्छ भनेर विभागकै सर्कुलर र निर्णयलाई आधार बनाएर ‘स्क्यान’ कार्यक्रम सुरु गरेका छौं । यसमा १२७ वटा संस्था आवद्ध भएकोमा ८९ वटाले शुल्क समेत जम्मा गरिसकेका छन् । संस्थाहरुको सबै विवरण रेकर्डमा राख्ने गरी एमआइएस प्रणाली पनि प्रभावकारी बनाउँदै लगेका छौं । हामीले तिन–तीन वर्षमा साकोस शिखर गोष्ठी गर्ने गरेका थियौं । यसलाई यसवर्ष आर्थिक तथा व्यवहारिक रुपमा समेत मितव्ययी हुने गरी साधारणसभासँगै जोडेर आयोजना गर्दैछौं । यसअघि १८/२० हजार शुल्क लिएर तारे होटलमा कार्यक्रम गरियो भन्ने आलोचना हुन्थ्यो । यसपटक एउटा सदस्यका लागि जम्मा ६ हजार रुपैयाँ शुल्कमै पहिलाकै गोष्ठीको स्ट्यान्डर्ड नघट्ने गरी कार्यक्रमको डिजाइन गरेका छौं । पुसको ३–५ गतेसम्म साकोस अभियानका अध्यक्षहरु, व्यवस्थापकहरु, सहकारी अभियन्ताहरुलाई काठमाडौँमै सँगै राखेर नेपाल राष्ट्र बैंक, सहकारी प्राधिकरणले जारी गरेका निर्देशनका साथै विभागले जारी गरेका निर्देशनहरु, सहकारी ऐन र नियमावलीमा भएर कार्यान्वयन हुन नसकेका प्रावधान तथा त्यसमा रहेका केहि असहजताहरुलाई चिर्ने गरी छलफल गर्दैछौं । उक्त भेलाबाट हामीवीचका असहमतिहरुलाई न्युनतम कुराहरुमा सहमत भएर जान सकियो भने पछिल्लो परिस्थितिलाई चिर्न मद्दत हुन्छ भन्ने हाम्रो अपेक्षा छ ।

हिजो भविश्य के होला भन्ने स्थितीमा पुगेको नेफ्स्कून अब माथी उठेको हो त ?

हामीले नेतृत्व लिदा समस्या छ भन्ने थाहा थियो तर यति धेरै बिकराल समस्या हो भन्ने चाहिँ थिएन । हामीले आन्तरिक र बाह्य रुपमा धेरै सुधार गरेका छौं । अब त्यो भन्दा उत्साहित हुने लाइन भनेको सहकारीको अपेक्षा अनुसार बचत तथा ऋणको मुख्य कारोबारलाई व्यवस्थीत गर्न सरकारले प्राधिकरण गठन गरेको छ । वित्तीय कारोबार बिनाको सहकारी हुदैन भनेर हाम्रो अग्रजहरुले पनि भन्नुहुन्छ, जसको मूल जरोको रुपमा हामी फेडरेसनमा छौं । अब ऐनका व्यवस्था कार्यान्वयन गराएर जाने कुरामा लगभग एउटा स्पष्ट लाइनमा देखिएको छ । सरकार, नियामक निकायलगायतका स्टेक होल्डरले अब नेफ्स्कूनको उद्देश्य र आवश्यकतामा शंका नगरी यसलाई मेनस्ट्रिममा लिएर जानुपर्छ । हामीलाई प्राथमिकताको विषय बनाइयो भने अपेक्षा गरेको भन्दा, संस्थाहरुलाई पनि एकदम मितव्य बनाएर बचत तथा ऋण सहकारीमा नेफ्स्कूनले राम्रो चाहिँ जिम्मेवारी लियो भन्ने अनुभूति हुने गरि काम गर्न सक्छौ ।

तर, संघभित्रै संस्थागत सुशासनका समस्या छन् । साधारणसभाको मुखैमा दोहोरो पदको विषयमा कानुनी प्रावधानको ब्याख्या गराउनुभयो । तर, अहिलेसम्म कार्यान्वयन नहुनुको कारण के हो ?

तत्कालिन समयमा परितोष पौड्याल अध्यक्ष हुँदा बोर्डमा छलफल गरेर व्यवस्थापनबाट दोहोरो पदको ब्याख्या गर्न पत्राचार भएको हो । त्यो समयमा हाम्रो उद्देश्य साधारणसभामा कुनै द्धिवीधा नहोस् र साथीहरुलाई अन्योल नहोस् भन्ने नै हो । साधारणसभापछि म आफै अध्यक्ष भएकाले दोस्रो बैठकमा नै विभागको पत्रलाई कार्यान्वयन गर्ने निर्णय गरेका छौं । बोर्डले माइन्युट गरेपछि निर्णय कार्यान्वयन गराउने विषयमा स्ट्याण्ड लिनुपर्छ । स्ट्याण्ड लिने भनेको हामीकहाँ त्यो विषयमा गुनासो उजुरी आएको अवस्थामा हो नत्र कन्सर्निङ राख्ने कुरा भएन । त्यसैले हामी कहाँ दोहोरो पदको समस्या छैन भन्छु । पछिल्लो समय विभागले त्यो विषयमा स्पष्टिकरण सोधेको पनि थियो । मैले सञ्चालक समितिका साथीहरुलाई सोधे र उहाँहरुले बताए अनुसार नै विभागलाई जानकारी गरायौं । तसर्थ बचत तथा ऋण केन्द्रीय संघको विद्यमान सञ्चालक समिति भित्र त्यो समस्या पनि छैन ।  सिंगो सहकारी अभियान भित्र पनि दोहोरो पदमा पनि बस्ने, सबै ठाउँमा सदस्य बस्ने अनि हामीले जे गछौं त्यही नै सहकारीको सहि अभ्यास हो भन्ने बुझाई नै ठिक हो भन्ने हो भने म त्यस भित्र मेरो भन्नु केही छैन । कानुनी शासनलाई विश्वास गर्ने, सुशासनलाई आत्मसात गर्छु भन्ने साथीहरुले ऐनको स्पिरिट भन्दा बाहिर जान मिल्दैन । अध्यक्षले के भन्यो, महासचिवले के भन्यो वा सिइओले के भन्यो भनेर प्रश्न सोध्नु भन्दा पनि कानुनको ठेली पल्टाएर प्रतिकुल रहेछ भने क्लियर हुने ठाउँहरु छन । न दोहोरो सदस्यता, न त दोहोरो पद होस् वा अन्य सुशासनसँग जोडिएका विषय हामी नमुना बन्नुपर्छ ।

त्यसो भए नेफ्स्कूनका संचालकहरु दोहोरो नेतृत्वको भूमिका छैनन् ?

छँदा पनि छैनन् । उहाँहरु रहँदा पनि रहनुहुन्न । उहाँहरु सुशासनको विषयमा कसैले पनि प्रश्न चिन्ह लाउन पर्ने अवस्थामा हुनुहुन्न, एकदम क्लिन हुनुहुन्छ भन्ने मेरो बुझाइ हो ।

संस्थाहरुलाई नै नीति, विधि सिकाउने संघले यथार्थ रुपमा प्रोभिजनिङ नगरेको भन्दै लेखापरिक्षकले ‘एडभर्स ओपिनियन’ दिने, विभागले लाभांस वितरण नगर्न निर्देशन दिनुपर्ने अवस्था आयो । यो लाजमर्दो विषय हैन र ?

यो विषयमा मेरो बाध्यता मैले स्वीकार गरिसके । हामी निर्वाचित हुने वर्ष मैले थाहा छैन, होइन म थिइन भन्दिन । सबै भएर पनि म अनुत्तरित भए । एडभर्स ओपनियन लेखेर जानुपर्ने परिस्थितिको ब्यालेन्स सिट बनिरहेको मलाइ थाहा पनि थिएन । वित्तीय विवरणमा वरिष्ठ उपाध्यक्षले सही गर्ने विषय होइन ।
दोस्रो वर्ष मैले नै सहि गरेको हो । बुटवलमा भएको साधारण सभाबाट त्यो वित्तीय विवरण पास गर्दा मैले दोहोर्याएर तेर्याएर सोधेको छु । साधारण सभामा ६१३ जना साथीहरु अन्तिमसम्म हुनुहुन्थ्यो । साधारणसभामा दुइटा विकल्प मैले लिएर गएको थिए । हामीसँग पर्याप्त पैसा चाहिँ छैन, हामी अघिल्लो पटकको जुन मारमौरीमा परिराख्या छौ र पनि हामीले रिकभरी गरेर जादा १२/१३ करोड नाफा देखिएको छ । योसँगै हामीसँग समस्याहरु पनि छन्, तपाईहरुले स्वीकृति दिनुहुन्छ भने सबै पैसा यसलाई प्रोभिजनकै रुपमा राखेर लिएर जाउँ, हामीले नै प्रोभिजन भनेर प्रस्ताव गरेर ल्याएनौं, अडिटरले पनि यसरी नै सल्लाह दिएको हो । साधारणसभामै साथीहरुले जे जति हुन्छ अहिले वाडफाड गरौं, अर्को पटक पनि हामी सघाउछौं भनिसकेपछि त्यही कुरालाई हामीले माइन्युट ग¥यौ । यसबारेमा सञ्चारमाध्यम समाचार आएपछि सहकारी विभागले प्रोभिजन गर्नु पनि बचत नै हो, अहिले नाफा नबाड्नुहोस् भनेपछि त्यही अनुसार विभागबाट निर्देशन लेख्न लगाएर साथीहरुलाई चित्त बुझाइयो । त्यही कारण आज हामी नियम अनुसार पर्याप्त प्रोभिजन गर्न सक्ने अवस्थामा छौं । नाफा बाडेर जाने विषय अवस्थामा अझै हामी छैनौं । सहकारी नियमन प्राधिकरणले नै २०८२ असारसम्मको गैरबैंकिङ सम्पतिको हकमा ५० प्रतिशत प्रोभिजन गर्ने भनेको छ । अर्को वर्षको वित्तीय विवरण बनाउने समयसम्म हामी यसलाई व्यवस्थापन गरेर जान्छौं । उक्त समयसम्म गैर बैंकिङ सम्पत्ति बिक्री गरेर हामी शुन्य बनाइ सक्छौं । अहिले एक अर्ब भन्दा बढी पैसा प्रोभिजन छुट्याएका छौ । यो व्यवस्थापन गर्दा अर्को वर्ष ३ अर्ब हाराहारीमा नाफामा जोडिन्छ । त्यो पैसा सहकारी संस्थाहरुकै पैसा हो । विगतमा दुई वर्ष देखि उहाहरुलाई हामीले रेस्पोन्स गर्न नसकिरहेको प्रतिफल बाँडफाडको विषयलाई सम्बोधन गर्नसक्छौं, एकमुष्ट संस्थालाई लाभान्वित पनि गर्छौ ।
अहिले नेफ्स्कूनको आन्तरिक र बाह्य साख राम्रो छ । हामी संघलाई शुद्धिकरण गरेर स्मार्ट नेफ्स्कून बनाएर ह्यान्डओभर गर्ने कुरामा लागिरहेका छौं । यो विषय सदस्यहरुको उत्साहमा पनि देखिन्छ । साकोस गोष्ठीका लागि नाम दर्ताका लागि तोकिएको समयभन्दा अघि नै कोटा सकिनु पनि सदस्यहरुले हामीप्रति गरेको विश्वास हो ।

आगामी साधारणसभामा प्रतिवेदन पेश गर्दा नेफ्स्कूनको कस्तो अनुहार देखाउनुहुन्छ त ?

हामी ऋणात्मक अनुहार देखाउदैनौ । ओरालोबाट फर्केर आएको मृगलाई पक्कै पनि केही समय स्या–स्या त हुन्छ, तर, थकाई मेटेर आफुलाई नयाँ गति पकड्नका लागि तयार भैरहेको अवस्थामा रहेको भने साथीहरुले पक्कै महशुस गर्नुहुन्छ ।

बचत तथा ऋण सहकारीलाई व्यवस्थित गर्न कानुन संसोधन भयो, राष्ट्र बैंकले निर्देशन जारी गर्यो, प्राधिकरण सक्रिय हुँदैछ । तर, यसबाट सहकारीलाई हस्तक्षेप भयो भने तपाईले स्वागत गरेको विषय पनि विवादीत भइरहेको छ नि ?

स्वागत मैले गरे उपयोग अरुले गर्नु भएकै छ । राष्ट्र बैंकको मापदण्डले निर्देशित गरेको विषय र पछिल्लो प्राधिकरणले निर्देशनले व्याख्या गरेको विषयमा नियामक निकायले जारी गरेका कुराहरु हामीले मान्नुपर्छ । वित्तीय कारोबार गर्ने संस्थाहरु चुस्त र अनुशासित पनि हुनुपर्छ । हामीले हाम्रो मात्रै कुरा गरेर हुँदैन । हामीले जे आएको छ त्यो हाम्रो होमवर्क हो भनेर गतिविधि अगाडि बढाउनुपर्छ । अहिले वित्तीय क्षेत्र अलि असहज अवस्थामा छ । देश सम्पति शुद्धिकरणको ग्रे लिस्टको परेको परिस्थिति पनि छ, जसमा सहकारीको विषय पनि एउटा कारक हो । त्यसले गर्दा अहिले समय सीमा तोकेर दुई वर्ष तपाईहरुलाई लिमिट गछौं भनेर हामीलाई सुधार हुने अवसर दिएको हो । त्यो समय सीमा पछाडी उहाँहरुले निरन्तर रुपमा गरिरहेका कामहरु गर्न निर्देशन मापदण्डबाट मार्ग प्रशस्त गर्नुहुन्छ भन्ने कुरामा आशावादी छौं । नेफ्स्कूनले पनि आफुलाई सहि ठाउँमा उभ्याउन सक्यो, निर्देशन अनुसार आफुलाई चुस्त दुरुस्त बनाउन सक्यो भने अहिले गरिरहेको काम निरन्तर रुपमा गर्न सक्ने गरी स्टेक होल्डरबाट मार्ग प्रशस्त हुन्छ भन्ने कुरामा आशाबादी छु । हामीले लिएर गएका विषयहरुमा अहिलेसम्म सहजीकरण भएको अवस्था पनि छ ।

२०७४ सालको सहकारी ऐनमा एकभन्दा बढी सहकारी बैंकको परिकल्पना गरेको छ । त्यसको एउटा उद्देश्य वित्तीय कारोबार गर्ने संघहरु भने बैंकमा जाउन् भन्ने पनि हो । तर त्यसका लागि वित्तीय कारोबार गर्ने संघहरु तयार नहुनुको कारण के हो ?

सहकारी ऐनमा एउटा मात्रै बैंक भन्ने खालको प्रावधान आफैमा अलोकतान्त्रिक हुने र लोकतान्त्रिक देशमा त्यस्तो प्रावधान नसुहाउने भएकाले सैद्धान्तिक हिसाबले बैंकहरुको प्रावधान राखिएको हो । ऐनमा त्यो व्यवस्था राख्ने वित्तीकै आजै बैंक खोलिहाल्नु पर्छ भन्ने पनि होइन । आवश्यकताले खोल्न पर्ने भयो भने पहिलो बैंक कमजोर नहुने गरि एउटा बैंकले एउटा ब्लकमा अर्को बैंकले अर्को ब्लकमा काम गर्ने गरी आउनुपर्छ । त्यस्तो शर्तसहित बैंक बन्ने बाटाहरु खोल्नलाई ऐन बाधक नबनोस भन्नका लागि मात्रै दफालाई प्रोग्रेसिभ बनाइएको हो । त्यसको अभ्यास अहिले भएकै छैन । अहिले भएकै बैंकलाई नै एकदम चुस्त बनाउने संस्थागत गर्ने र त्यही बैंकलाई पूर्ण बैंक बनाउने विषय भित्रै लाग्नुपर्छ भन्ने मेरो पहिले देखिको एजेन्डा हो ।

बचत ऋणका संघहरुलाई चाहिँ संघकै रुपमा चाहिँ यो वित्तीय कारोबार गर्नुपर्छ गर्न पाउनुपर्छ भन्ने नै हो तपाईहरुको भनाई ?

बचत ऋणको मुख्य कारोबार गर्ने फेडरेसनले बचत ऋणलाई संरक्षण गर्ने सुरक्षित गर्ने र त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी भएन भने के अर्थ भयो । वित्तीय कारोबार गर्ने संस्थाहरुलाई व्यवस्थापन गर्ने वित्तीय फेडरेसनले हो । त्यो विषयलाई निषेधित गर्ने नियन्त्रित गर्ने साघुरो बनाउने गरियो भने फेरी पनि हामी चाहिँ कतातिर फर्किदै छौ ? फेरी हामीले लाइटलाई बालेर अगाडी जाने हैन कि लाइट बन्द गरेर पछाडी जान थाल्या हो कि भन्ने अवस्था बुझ्नुपर्छ ।

बैंकको साधारणसभाबाट नयाँ नेतृत्व चयन हुँदैछ । यसबारे तपाईँका सुझाव के छन् ?

हामीले सहकारी बैंकबाट जे अपेक्षा गरेका थियौँ, त्यो स्तरको व्यवहार पाएका छौँ भन्ने अनुभूति छैन । बैंकले नेफ्स्कूनलाई वास्तविक स्टेकहोल्डरका रूपमा हेरेर काम गरिरहेको अनुभूति अझै पनि छैन । त्यसैले अब बन्ने नेतृत्वले सबै फेडरेसनहरूलाई सहकार्यको आधारमा—एकै छातामुनि बसेर वित्तीय कारोबारका विषयमा स्पष्ट नीति बनाउने दिशामा अघि बढ्नुपर्छ । किनभने, मैले अघि पनि भनेँ—हामीले पृथक ‘बैंकको विकल्प’ खोज्न जरूरी देखेनौँ । नेफ्स्कून स्वयं बैंकको सदस्य हो, र नेफ्स्कूनभित्रका अधिकांश सहकारी संस्था पनि बैंककै सदस्य छन् । त्यसैले हामी अझै नजिकबाट नियालिरहेका छौँ, र यो स्वभाविक रूपमा हाम्रो चासोको विषय बनेको छ । आगामी नेतृत्व उपयुक्त, समन्वयकारी र नीति–निर्माणमा संवेदनशील हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसका लागि नेफ्स्कूनको तर्फबाट आवश्यक पहलकदमी लिन्छौँ ।

पछिल्लो समय सहकारी महासंघमा पनि फरक परिस्थिती बनेको छ । अध्यक्षले कार्यवाहक जिम्मेवारी दिएर अमेरिका गएकाले उहाँलाई राजीनामा गराई नयाँ अध्यक्ष चयन गर्न लागिएको विषय आएको छ । यसलाई तपाईं कसरी हेर्नुहुन्छ?

सहकारी संस्थाहरूको नेतृत्व भनेको अत्यन्तै संवेदनशील र जिम्मेवारीको पद हो । अध्यक्षज्यू विदेश जानु, कार्यवाहक तोक्नु— यी सबै प्रक्रिया ऐन–नियमले अनुमति दिएको कुरा हुन् । तर, नेतृत्वमा बस्ने व्यक्तिले आफ्नो जिम्मेवारीप्रति निरन्तर उत्तरदायी रहनु पनि उत्तिकै आवश्यक हुन्छ ।
महासंघ एउटा ठूलो ‘अम्ब्रेला’ संस्था हो, यहाँ निर्णयहरू रोकिएर बस्न हुँदैन। यदि नेतृत्वले लामो समय सक्रिय भूमिका निर्वाह गर्न सक्दैन भने संस्थाले विकल्प खोज्नु स्वाभाविक हो । यसलाई व्यक्तिगत नभई संस्थागत आवश्यकताका रूपमा बुझ्नुपर्छ । तर त्यसका लागि कानुन र विधिसम्मत हुनपर्छ । कसैले कसैलाई ‘टार्गेट’ गरेर होइन, ऐन र विधानले तोकेका प्रक्रियाअनुसार कुरा अगाडि बढेमा त्यसले सहकारी क्षेत्रमै अनुशासन र विश्वसनीयता बढाउँछ । नेतृत्व परिवर्तन संस्थाको बाध्यता हो भने पारदर्शी र संस्थागत तरिकाले अघि बढिनुपर्छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?