वि.सं. २०८३ कार्तिक २२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भिजिट भिसामा अबैध असुली धन्दाः ७ जनाविरुद्ध अख्तियारद्धारा मुद्धा दायर

भिजिट भिसामा अबैध असुली धन्दाः ७ जनाविरुद्ध अख्तियारद्धारा मुद्धा दायर
अर्थटुडे
२०८२ मंसिर २५, बिहीबार

काठमाडौ । भिजिट भिसामा अबैध असुली धन्दा चलाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव सहित सातजनालाई भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्धामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमूख एवं सहसचिव तिर्थराज भट्टराई, अधिकृत यज्ञराज अर्याल, ग्रिनलाइन होलिडेका अध्यक्ष बालकृष्ण खड्का, फेमिलि होलिडेका सञ्चालक दिपक भण्डारी, ग्रिनलाइन सञ्चालक राम खड्का, सहायक कविता पौडेल र जग्गा कारोबारी खेम सुवेदीलाई प्रतिवादी बनाएका छन् । तर अख्तियारले रमेश लेखकलाई भने उन्मुक्ति दिएको छ ।

अख्तियारले अख्तियारले ७ चैत, २०८१ मा सहसचिव भट्टराईलाई पक्राउ गरेपछि भिजिट भिसा प्रकरण सतहमा आएको थियो । अख्तियारले गरिरहेको नियमित निगरानीपछि भट्टराई पक्राउ परेका थिए । आयोगले अनुसन्धानबाट खुलेको तथ्यका आधारमा ८० लाख रुपैयाँ बराबरको बिगो कायम गरेको छ ।

घटना सार्वजनिक भएपछि तत्कालीन विपक्षी दलहरु माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका थिए ।

नेपाली नागरिकहरू विदेश भ्रमणमा जाँदा विभिन्न मापदण्डहरु पुरा गर्नुपर्ने व्यवस्था थियो । बैंकमा पर्याप्त खातादेखि गन्तव्य मुलुकहरुको होटल बुकिङ लगायतका कागजात पेश गर्नेहरुलाई मात्रै अध्यागमन कार्यालयका कर्मचारीहरुले गन्तव्यमा जाने अनुमति दिने गरेको पाइएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?