वि.सं. २०८३ कार्तिक २३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थ समितिका निवर्तमान सभापतिमाथि भ्रष्टाचार मुद्धा

अर्थ समितिका निवर्तमान सभापतिमाथि भ्रष्टाचार मुद्धा
अर्थटुडे
२०८२ मंसिर २८, आईतवार

काठमाडौ । अर्थ समितिका निवर्तमान सभापति एवं नेपाली कांग्रेसका विघटित प्रतिनिधिसभा सदस्य सन्तोष चालिसे विरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसे विरुद्ध आइतबार विशेष अदालतमा ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

सोही रकम बराबरको बिगो कायम गरी स्रोत नखुलेको सम्पत्ति जफत गर्न तथा कैद सजायको मागसहित आरोपपत्र आइतबार दायर गरिएको अख्तियारले जनाएको छ ।

चालिसे गोकर्णेश्वर नगरपालिकाका तत्कालीन मेयरसमेत हुन् । उनी २०७४ जेठ ८ गते मेयर पदमा निर्वाचित भएका थिए। सार्वजनिक पदमा प्रवेश गरेदेखि २०७९ असार ३२ गतेसम्मको जाँच अवधिमा चालिसे र उनको परिवारको नाममा रहेको सम्पत्ति आयभन्दा व्यय बढी देखिएको अख्तियारको ठहर छ ।

सोही अवधिमा चालिसे तथा उनको परिवारको नाममा रहेको सम्पत्तिमध्ये ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँको स्रोत पुष्टि गर्न नसकेको आयोगको दाबी छ ।

चालिसे २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित भएका थिए । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं–३ बाट उनको नाम एकल सिफारिस भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?