काठमाडौ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले ४ खर्ब ९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ४ अर्ब रुपैयाँले बढी हो ।
गत आर्थिक बर्षको पाँच महिनामा सरकारले ४ खर्ब ५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । तर सरकारले लक्ष्यको तुलनामा भने भने राजस्व जम्मा ७८.७४ प्रतिशत मात्र संकलन गरेको छ । चालु आर्थिक बर्षको मंसिरसम्ममा सरकारले ५ खर्ब २० अर्ब रुपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।
त्यस्तै अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा सरकारले २८.७४ प्रतिशत मात्रै अथात् ५ खर्ब ६४ अर्ब रुपैयाँ खर्च गरेको छ । सरकारले चालु आर्थिक बर्षको मंसिरसम्मका लागि १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको खर्च हुने लक्ष्य राखेको थियो ।
सरकारले मंसिर महिनासम्ममा ३३ अर्ब ८७ करोड रुपैयाँ मात्र पुँजीगत खर्च गरेको छ । चालु आर्थिक बर्षमा छुट्याइएको पुँजीगत खर्चमध्य यो रकम जम्मा ८.३ प्रतिशत मात्र हो ।
सरकारले चालु आर्थिक बर्षको लागि जम्मा ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ पुजीगत खर्चको लागि रकम छुट्याएको थियो ।

प्रतिक्रिया