काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको सम्मान नभएसम्म मुलुकमा लगानी नआउने जिकिर गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवादमा अध्यक्ष ढकालले गलत गर्नेलाई कारबाही नहुदा दण्डहीता बढेको भन्दै निजी क्षेत्रको लगानी, उनीहरुको सुरक्षा नभएसम्म थप लगानी नबढ्ने जिकिर गरेका हुन् ।
उनले भने, ‘लगानीबिना रोजगारी हुँदैन । रोजगारी नभए आय बढ्दैन, शिक्षा र स्वास्थ्य शिक्ष सर्वसुलभ बनाउन राजस्व बढ्नु पर्छ । राजस्व बढ्न सरकार निजी क्षेत्रमैत्री हुनुपर्छ ।’त्यस्तै उनले निजी क्षेत्रले लगानी गरी व्यवसाय गरेर नाफाको अपेक्षा राख्नु गलत हो? भन्दै सरकारप्रति प्रश्न गरेका छन् ।
उनले एकातिर बैंकहरुमा अधिक तरलता हुनु तर निजी क्षेत्रले सुचारु गरेको पुर्वाधारका कामहरुमा अवरोध हुनुले देशमा थप समस्या उत्पन्न भइरहेको बुझ्न सकिने बताए ।
उनले आगामी दिनमा निजी क्षेत्रको सुरक्षा र संरक्षणमा सबैले काम गर्ने र त्यो वातावरण बनाउन राजनीतिक दल र नेतृत्वबाट प्रतिबद्धता दिनसमेत आग्रह गरे ।
उनले सबै पक्षबाट सामूहिक प्रतिबद्धता चाहेका उल्लेख गर्दै युवा उद्यगशीलता विकास योजना कार्यान्वयनको माग गरे । तीन दशकदेखि शासन सत्ता सम्हालेका दललाई युवाका माग समीक्षा गर्न पनि उनले आग्रह गरे ।
प्रतिक्रिया