काठमाडौ । तीनवटा मन्त्रालय सम्हालेर बसेका कुलमान घिसिङले राजीनामा दिएका छन् । मंगलबारको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री शुशीला कार्कीले राजनीतिमा प्रवेशपछि मन्त्री बसीरहन शोभा नदिने भन्दै राजीनामा दिन भनेपछि घिसिङले बुधबार नै राजीनामा दिएका हुन् ।
बुधबार राति प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गर्दै घिसिङले राजीनामाको निर्णय भाग्ने निर्णय नभएको बताए ।
‘राजीनामाको निर्णय न त भाग्ने निर्णय हो न त जिम्मेवारीबाट विमुख हुने प्रयास,’ कुलमानले भने,’ यो मेरो आत्मसम्मान नैतिकता सिद्धान्त र जताप्रतिको प्रतिवद्धताको निरन्तरता हो ।’
तीन महिना १५ दिन मन्त्री बनेका घिसिङले आफू प्रधानमन्त्री सुशीला कार्कीको आग्रह र जेनजी आन्दोलनको चाहना अनुसार मन्त्री बनेको भन्दै पदमा हुँदामात्र होइन बाहिर रहेर पनि देश र जनताको पक्षमा उभिनु साँचो कर्तव्य ठानेको दावी गरे ।
उनले भने, ‘पदभन्दा ठूलो सिद्धान्त, कुर्सीभन्दा माथि आत्मसम्मान र सरकारभन्दा ठूलो जनता हुन् ।’
प्रतिक्रिया